छाल खवर
धरान,८ मंसिर ःनेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ ले बृहत चलचित्र सम्बन्धी अन्र्तक्रिया गरी आफ्नो आगामी दिनको कार्ययोजनाहरु सार्वजनिक गरेको छ ।
अहिलेको समयमा कोरोनाको कारणले सुस्ताएको चलचित्र उद्योगलाई लाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ आयोजना गर्ने भएको छ ।
प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायांकनको लागि उत्कृष्ठ गन्तव्य भएकोले चलचित्रकर्मिहरुलाई उत्साहित गराउदै लगेको चलचित्रकर्मीहरुको भनाई रहेको छ ।
प्रदेश न १ को पर्यटकिय स्थलहरुलाई प्रबर्धन गर्ने उदेश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको संघका प्रदेश नं १ का अध्यक्ष अरुण प्रधानले जानकारी दिएकाछन् ।
अध्यक्ष प्रधानका अनुसार महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश १ मा बनेका कथानाक चलचित्रहरु , छोटो चलचित्रहरुका लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानाक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधा अन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना रहेको छ ।
महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान पनि गरिने भएको छ ।
प्रदेश १ का चलचित्रकर्मी हरुको जानकारी सहित भएको चलचित्र स्मारिका पनि उक्त अवसरमा विमोचन गरीनुका साथै चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजना रहेको कुरा महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराएकाछन् ।
यस अघि २०७६ कार्तिक २९ देखी मङ्सिर २ गतेसम्म प्रदेश १ सरकारले घोषणा गरेर सम्पूर्ण तयारी पुरा गरेर पनि चलचित्र महोत्सव सञ्चालन हुन सकेको थिएन् ।
सो कारणले गर्दा अहिले सम्ममा आफूहरुलाई त्यो कुराले पिडाबोध भएको हुनाले नै चलचित्र मोहोत्स्व आयोजना गर्न लागेको प्रधानले स्पष्ट पारेकाछन् ।
चलचित्र महोत्सव सरकारले भन्दा चलचित्रकर्मिहरुले नै गरीनु पर्ने भएकोले यो महोत्सवलाई प्रत्येक वर्ष आयोजना गरेर निरन्तरता दिने योजना रहेको जानकारी अध्यक्ष प्रधानले गराएकाछन् ।
यस्तै कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश न १ सँग अहिलेसम्म १३ वटा बिभिन्न पेशागत संघ , संस्था आबद्ध रहेको पनि जानकारी महासचिव दिनेश कोईरालाले जानकारी गराएकाछन् ।
कार्यक्रममा बोल्दै महासंघका बरिष्ट सल्लहकार तथा नेपाल चलचित्रकर्मी संघ प्रदेश १ का संयोजक परशुराम चौधरिले पार्टिगत चलचित्रको संस्था फरक फरक भए पनि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले कुनै पार्टिको झन्डा नबोकेको र यो स्वतन्त्र चलचित्रकर्मीहरुको महासंघ भएर नै अघी बढनु पर्ने कुरमा जोड दिनुभयो ।
प्रमुख अतिथी बरिष्ट अग्रज कलाकार पुष्प श्रेष्ठले प्रदेश १ मा यसरी स्थापना भएको महासंघमा आफु पनि आबद्ध भएर अघी बढने र अन्य प्रदेश १ का चलचित्रकर्मी हरुपनी यसै महासंघमा आबद्ध भएर नै अघी बढदा राम्रो हुने कुरा ब्यक्त गरेका थिए ।
त्यस्तै निर्माता संघका केन्द्रिय सदस्य ज्योतिराज राईले अहिले प्रदेश १ को महासंघले गरेको चलचित्रको गतिविधिले नेपाली चलचित्र क्षेत्रमा नै एउटा तरंग पैदा गरेको दावी गरेका थिए ।
। सोही कार्यक्रममा नगेन्द्र राइको अध्यक्षतामा नृत्यकर्मी संघ प्रदेश न १ गठन भएको थियो । १३ समिती रहेको यस संघमा अध्यक्ष नगेन्द्र राइ ( सुनसरी) , उपाध्यक्षहरुमा एल सि श्रेष्ठ ( झापा) , प्रणिता तमाङ ( सुनसरी) , सचिवमा राजा सुब्बा लावती ( मोरङ ), कोषाध्यक्षमा अन्जली माझी ( झापा ) , सदस्यहरुमा संकोच प्रधान (ईलाम), पेम्बा लामा (ताप्लेजुङ), मिथुन ठाकुर (उदयपुर) , मनोज राजावन्शी (मोरङ) , बसन्त बस्नेत , कृष्ण ब राइ , सन्तोष मगर रहेकाछन्
त्यसैगरी सल्लाहकारहरुमा मणी राइ ( सुनसरी) , प्रेम सुनाम ( मोरङ) , बालकुमार कटुवाल (झापा) रहेकाछन् ।
त्यसैगरी चलचित्र निर्माता लाकमान योन्जनको संयोजकत्वमा निर्माता संघ प्रदेश १ र चलचित्र निर्माता ,निर्देशक भिम लामाको संयोजकत्वमा आदिवासी जनजाति चलचित्रकर्मीहरुको संघ स्थापना गर्ने निर्णय पनि गरिएको थियो ।
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic