बरिष्ट सल्लाहकारमा दिपाश्री निरौला र चिरिन्जिवी बस्नेत

  • मंसिर ८, २०७७
  • २,४०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ मंसिर ः नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को सल्लाहकारमा निर्मात्री निर्देशक तथा कलाकार दिपाश्री निरौला र वरिष्ट चलचित्र निर्माचा चिरिञ्जीवि वस्नेतलाई चयन गरेको छ ।

महासंघले मङ्सिर ७ गते ईटहरिमा एक कार्यक्रम गरी निर्मात्री , निर्देशक तथा कलाकार दिपाश्री निरौला तथा बरिश्ठ चलचित्र निर्माता चिरिन्जिवी बस्नेतलाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को बरिश्ठ सल्लाहकारमा चयन गरेको हो ।

महासंघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै निर्देशक दिपाश्री निरौलाले अहिलेको अवस्थाले गर्दा सिङो चलचित्र उद्योग नै थिलो थिलो भएको वताइन् ।

सबै चलचित्रकर्मीहरु मिलेर चलचित्र क्षेत्रलाई अघी बढाउने काम गर्नुपर्नेमा जोडदिदै अहिले महासंघले प्रदेश १ मा गरिरहेको गतिविधी एकदमै पसंशनिय रहेको र आफुलाई बरिश्ठ सल्लाहकारमा मनोनयन गरेकोमा खुशी व्यक्त गेकीथिइन् ।

महासंघले निकट भविश्यमा गर्न लगेको चलचित्र महोत्सवले चलचित्र क्षेत्र लाई चलयमान गराउन ठुलो मद्त पुग्ने र यो महोत्सवको लागि आफुले सक्ने सहयोग गर्ने जानकारी समेत गराएकि थिइन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै बरिष्ट निर्माता चिरिन्जिवी बस्नेतले आँफैले पूर्ण लगानी गरेको ३७ वटा चलचित्र सहीत ८० भन्दा बढी चलचित्र निर्माण गरेर अहिले इनरुवामा आई हल व्यवसाय संचालन गर्दै आएको र अहिले १० बर्ष विश्राम लिएर बसेकाछन् उनले अब भने स्तिथि सामान्य भएपछी पुन चलचित्र निर्माण गर्ने बताएकाछन् ।

उनले पहिला पनि चलचित्र छायांकन गर्दा आफूले पुर्व लाईनै प्राथमिकता दिने गरेको र आगामी दिनमा पनि नयाँ निर्माण गर्ने चलचित्रको सम्पूर्ण काम प्रदेश न १ मा नै गर्ने स्पष्ट पारेका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष अरुण कुमार प्रधानले महासंघको भावी योजना र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic