द रेड मुन लघु चलचित्रको धरानमा छाँयाकन सुरू

  • मंसिर १३, २०७७
  • ३३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ मंसिर ःद रेड मुन नामक लघु चलचित्रको शनिबार बिहान शुभमुर्हत गरिएको छ ।

थिएटर सहाराको प्रस्तुती रहेको चलचित्र धरान १४ स्थित पञ्चकन्या मन्दिर परिसरमा शुभमुर्हत गरिएको हो ।

संघीय सांसद जयकुमार राई र नेपाल चलचित्रकर्मी महासंघका १ नम्बर प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन र क्ल्याप गर्दै चलचित्रको शुभमुर्हत गरेका थिए ।

प्रधानले नरिवल फोड्नुका साथै मुर्हत निर्देशन गरे भने सांसद राईले क्ल्याप गरेका थिए । मुर्हत सिनमा कलाकार आरोही श्रेष्ठले अभिनय गरेकी छिन ।

यो लघु चलचित्रको निर्देशक रविन श्रेष्ठ रहेका छन् भने निर्माता नविन मेन्याङवो रहेका छन् । क्यामेरामेन लुज सिंह छन् ।

लघु चलचित्रमा प्रेम सुब्बा, तुलसा थापा, आरोही श्रेष्ठ (बाल कलाकार), विजय सुब्बा, हिमाल दाहाल, तिर्थराज राई लगायत कलाकारहरु छन् ।

आजदेखि नै चलचित्रको छायाँकन शुरु भइसकेको निर्देशक श्रेष्ठले बताए ।

निर्देशक श्रेष्ठका अनुसार उनले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरेर यो लघु चलचित्र निर्माण थालिएको जानकारी गराए । फिल्मले द्धन्दको बेला गाउँका मानिसहरुले भोगेको पीडालाई प्रस्तुत गर्ने उनले बताए ।

१५ देखि २० मिनेटको हुने यस चलचित्रको सुटिङ सोमबारसम्म सकिने निर्देशक श्रेष्ठको भनाई छ । छाँयाकन धरानको ग्रामिण भेगमा हुने उनले बताए ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic