द रेड मुन लघु चलचित्रको धरानमा छाँयाकन सुरू

  • मंसिर १३, २०७७
  • २८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ मंसिर ःद रेड मुन नामक लघु चलचित्रको शनिबार बिहान शुभमुर्हत गरिएको छ ।

थिएटर सहाराको प्रस्तुती रहेको चलचित्र धरान १४ स्थित पञ्चकन्या मन्दिर परिसरमा शुभमुर्हत गरिएको हो ।

संघीय सांसद जयकुमार राई र नेपाल चलचित्रकर्मी महासंघका १ नम्बर प्रदेश अध्यक्ष अरुणकुमार प्रधानले निर्देशन र क्ल्याप गर्दै चलचित्रको शुभमुर्हत गरेका थिए ।

प्रधानले नरिवल फोड्नुका साथै मुर्हत निर्देशन गरे भने सांसद राईले क्ल्याप गरेका थिए । मुर्हत सिनमा कलाकार आरोही श्रेष्ठले अभिनय गरेकी छिन ।

यो लघु चलचित्रको निर्देशक रविन श्रेष्ठ रहेका छन् भने निर्माता नविन मेन्याङवो रहेका छन् । क्यामेरामेन लुज सिंह छन् ।

लघु चलचित्रमा प्रेम सुब्बा, तुलसा थापा, आरोही श्रेष्ठ (बाल कलाकार), विजय सुब्बा, हिमाल दाहाल, तिर्थराज राई लगायत कलाकारहरु छन् ।

आजदेखि नै चलचित्रको छायाँकन शुरु भइसकेको निर्देशक श्रेष्ठले बताए ।

निर्देशक श्रेष्ठका अनुसार उनले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरेर यो लघु चलचित्र निर्माण थालिएको जानकारी गराए । फिल्मले द्धन्दको बेला गाउँका मानिसहरुले भोगेको पीडालाई प्रस्तुत गर्ने उनले बताए ।

१५ देखि २० मिनेटको हुने यस चलचित्रको सुटिङ सोमबारसम्म सकिने निर्देशक श्रेष्ठको भनाई छ । छाँयाकन धरानको ग्रामिण भेगमा हुने उनले बताए ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic