२ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने

  • मंसिर २१, २०७७
  • ३,२७५ पटक पढिएको
  • छाल खबर
alt

छाला खवर
काठमाडौं,२१ मंसिर ः कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ ।

प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा। श्यामराज उप्रेतीले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए । नेपालमा २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका छन् ।

कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत भ्याक्सिन निःशुल्क ल्याइनेछ । ५२ प्रतिशत नागरिकलाई भ्याक्सिन लगाउन आवश्यक पर्ने बजेट सरकारले बेहोर्नुपर्नेछ । त्यसका लागि ४८ अर्ब रुपैयाँ खर्च लाग्ने सरकारको प्रारम्भिक अनुमान छ ।हालसम्म स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना कार्यान्वयनमा ल्याएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि विषयगत समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । यस्तै, भ्याक्सिन उत्पादन परीक्षण भइरहेका देशसँग कूटनीतिक प्रयास थालिएको सहप्रवक्ता डा। अधिकारीले बताए ।

नेपालमा खोप भण्डारण गर्ने माइनस ७० डिग्री सेल्सियसको कोल्ड चेन नरहेकाले फाइजरको खोप आउने सम्भावना नरहेको बताइएको छ ।

सरकारले माइनस २० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्नुपर्ने खोपका लागि तयारी गरेको छ । नेपालमा दिइने खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिँदै आएको छ ।

सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ ।

हालसम्म भारतमा कुल संक्रमितमध्ये ९४ दशमलव २८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

यस्तै, नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ४० प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, माल्दिभ्समा कुल संक्रमितमध्ये ९२ दशमलव ८१ प्रतिशत, भुटानमा ९१ दशमलव २७ प्रतिशत, पाकिस्तानमा ८५ दशमलव ३१ प्रतिशत, बंगलादेशमा ८२ दशमलव ६८ प्रतिशत, अफगानिस्तानमा ७८ दशमलव ६८ प्रतिशत र श्रीलंकामा ७३ दशमलव १८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

हालसम्म इन्डियामा ९६ लाख ८ हजार ४ सय १८ जना संक्रमितमध्ये ९० लाख ५८ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कुल संक्रमित २ लाख ३९ हजार ८ सय ८५ जनामध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् । माल्दिभ्समा कुल संक्रमित १३ हजार १ सय ४३ जनामध्ये १२ हजार १ सय ९९ जना संक्रमणमुक्त भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरमा उल्लेख छ ।

भुटानमा कुल संक्रमित ४ सय २४ जनामध्ये ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा कुल संक्रमित ४ लाख १३ हजार १ सय ९१ जनामध्ये ३ लाख ५२ हजार ५ सय २९ जना संक्रमणमुक्त भएका छन् । बंगलादेशमा ४ लाख ७५ हजार ७ सय ८९ जना संक्रमितमध्ये ३ लाख ९३ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

वल्र्डमिटरका अनुसार अफगानिस्तानमा ४७ हजार ६ सय ४१ संक्रमितमध्ये ३७ हजार ४ सय ८५ जना संक्रमणमुक्त भएका छन् । श्रीलंकामा २६ हजार ५ सय ५९ जना संक्रमितमध्ये १९ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

राजधानीबाट

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic