झरना सहकारी आफ्नै भवनमा मुनाफा ३३ लाख गर्न सफल

  • मंसिर २४, २०७७
  • १३,५४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिर ः झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले ३३ लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले बुधवार आयोजना गरेको साधारण सभाको शुरुवात र भवन उद्घाटनमा प्रस्तुत गरीएको प्रतिवेदनमा सो मुनाफा गर्न सफल भएको जनाइएको हो ।

संस्थाका अध्यक्ष मानबहादुर मगरले आर्थिक वर्ष २०७६÷७७ मा आयकर अघिको जम्मा मुनाफा ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ १० पैसा आर्जन गर्न सफल भएको उल्लेख गरेकाछन् ।

संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँ ६० पैसाको कारोबार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

संस्थाका अध्यक्ष मगरले सहकारीमा हाल शेयरपूसेयर पूँजी मात्र ३ करोड ७ लाख १ हजार ३ सय रुपैयाँ रहेको बताएका छन् ।

प्रतिवेदनका अनुसार सहकारीले यसवर्ष निक्षेप संकलन मात्रै ३८ करोड २३ लाख ७३ हजार २ सय ८५ रुपैयाँ ५२ पैसा पुर्याउन सफल भएको छ ।

भवनको उद्घाटन राष्ट्रिय सहकारी बैंक लि.धरान शाखाका संयोजक तथा जिल्ला सहकारी संघ सुनसरीका वरीष्ठ उपाध्यक्ष एवम् धरान १५ नम्बर वडाका वडाअध्यक्ष नरेशकुमार इवारमले गरेका थिए ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि.सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, धरान ९ नंम्बर वडाका अध्यक्ष रत्न कटुवाल लगायतको उपस्तिथि रहेको थियो ।

झरना सहकारी धरानमा निकै लोकप्रिय रहेको छ । यहा धरानका अधिकांश व्यपारीहरुले कारोवार गर्ने गरेकाछन् ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic