झरना सहकारी आफ्नै भवनमा मुनाफा ३३ लाख गर्न सफल

  • मंसिर २४, २०७७
  • १३,६०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिर ः झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले ३३ लाख मुनाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले बुधवार आयोजना गरेको साधारण सभाको शुरुवात र भवन उद्घाटनमा प्रस्तुत गरीएको प्रतिवेदनमा सो मुनाफा गर्न सफल भएको जनाइएको हो ।

संस्थाका अध्यक्ष मानबहादुर मगरले आर्थिक वर्ष २०७६÷७७ मा आयकर अघिको जम्मा मुनाफा ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ १० पैसा आर्जन गर्न सफल भएको उल्लेख गरेकाछन् ।

संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँ ६० पैसाको कारोबार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

संस्थाका अध्यक्ष मगरले सहकारीमा हाल शेयरपूसेयर पूँजी मात्र ३ करोड ७ लाख १ हजार ३ सय रुपैयाँ रहेको बताएका छन् ।

प्रतिवेदनका अनुसार सहकारीले यसवर्ष निक्षेप संकलन मात्रै ३८ करोड २३ लाख ७३ हजार २ सय ८५ रुपैयाँ ५२ पैसा पुर्याउन सफल भएको छ ।

भवनको उद्घाटन राष्ट्रिय सहकारी बैंक लि.धरान शाखाका संयोजक तथा जिल्ला सहकारी संघ सुनसरीका वरीष्ठ उपाध्यक्ष एवम् धरान १५ नम्बर वडाका वडाअध्यक्ष नरेशकुमार इवारमले गरेका थिए ।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि.सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, धरान ९ नंम्बर वडाका अध्यक्ष रत्न कटुवाल लगायतको उपस्तिथि रहेको थियो ।

झरना सहकारी धरानमा निकै लोकप्रिय रहेको छ । यहा धरानका अधिकांश व्यपारीहरुले कारोवार गर्ने गरेकाछन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic