नेपालले २० अर्ब रुपैयाँदेखि दुई खर्ब ४३ अर्बसम्म खर्चनु पर्ने

  • मंसिर २५, २०७७
  • ६४ पटक पढिएको
  • छाल खबर

छाल खवर
काठमाडौं,२५ मंसिर ः नेपालले आम जनतालाई कोरोना भाइरसका विरुद्धको खोप लगाउन करिब पौने दुई खर्ब रुपैयाँ खर्चिनु पर्ने देखिएको छ ।

नेपाली जनतालाई महामारीबाट बचाउन विश्व स्वास्थ्य संगठनको सहयोग कुरिरहेको नेपालले आम नागरिकको स्वास्थ्यको सुरक्षा गर्नको लागि १९ अर्ब ७२ करोडदेखि २ खर्ब ४३ अर्ब २७ करोडसम्म खर्च गर्नु पर्ने देखिएको छ ।
सम्म खर्च गर्नुपर्ने देखिएको छ ।

खोप उत्पादक कम्पनीहरू मोडर्ना अमेरिका, अक्सफोड–अष्ट्रेजेनिक बेलायत, फाइजर बायोटेक अमेरिका र स्पुतनिक रुसले खोपबारे आधिकारिक रूपमा जारी गरेको अद्यावधिक विवरणअनुसार ती खोपका लागि नेपालले गर्नुपर्ने खर्चको मूल्य निकालिएको हो ।

उत्पादक कम्पनीका अनुसार हाल एक डोज मोडर्नाको २५ देखि ३७ डलर पर्ने देखिएको छ भने अक्सफोर्डको खोपको ३ देखि ४ डलर, स्पुतनिक–५ को १० डलर र फाइजरको २० डलर मूल्य पर्ने देखिएको छ ।

अमेरिकाले तयार पारेको मोडर्ना खोप लगाउन १५ वर्षदेखि माथिका उमेर समूहका २ करोड ७८ लाख ५९ हजार ९६७ नागरिकलाई दुई डोज खोप लगाउन न्यूनतम १ खर्ब ६४ अर्ब ३७ करोड ३८ लाख ५ हजार ३०० रुपैयाँ खर्च गर्नुपर्ने देखिएको हो ।

अमेरिकाको मोडर्नाले तयार पारेको एक जोड खोपको मूल्य २५ देखि ३७ अमेरिकी डलरसम्म पर्ने जनाइएको छ । २५ अमेरिकी डलरका दरले प्रतिव्यक्ति एक जोड खोप लगाउन ८२ अर्ब १८ करोड ६९ लाख २ हजार ६५० रुपैयाँ पर्ने देखिएको छ । आज मंसिर २५ गते अमेरिकी डलरको मूल्य ११८ रुपैयाँका हिसावले यो खोपका लागि लाग्ने खर्च निकालिएको हो ।

नेपालले सो खोप खरिद गर्नका लागि २ खर्ब रुपैयाँ खर्च गर्न सक्यो भने हरेक नेपालीले महामारीको शिकार बन्नु नपर्ने देखिएको छ ।

यदि मोडर्ना खोपको एक डोजको ३७ अमेरिकी डलर९ ४३६६ नेरु० खोपको पर्ने हो भने प्रतिव्यक्ति ८ हजार ७ सय ३२ रुपैयाँ खर्च हुने देखिएको छ । २०२१ मा नेपाल १५ वर्षदेखिको सम्भावित जनसंख्यालाई खोप लगाउन २ खर्ब ४३ अर्ब २७ करोड ३२ लाख ३१ हजार ८४४ रुपैयाँ पर्ने देखिएको छ ।

कोरोना मोडर्नाले एमआरएनए–१२७३ खोप २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रम तथा माइनस ४ देखि माइनस २० डिग्री सेल्सियससम्म ३० दिनसम्म उपयोग गर्न सकिने बताइएको छ । उक्त खोप ९५ प्रतिशत प्रभावकारी मानिएको छ ।

यो खोप कोरोना विरुद्ध बनेका र खोप लगाउने अन्तिम तयारीमा पुगेका चार खोपमध्ये सबैभन्दा मह्गो खोप हो । नेपालले आफ्नो भू–धरातल र आर्थिक अवस्थालाई हेरेर सस्तो खोप पनि भित्र्याउन सक्ने देखिएको छ ।

अक्सफोर्ड–अस्ट्रेजेनिका, बेलायतले तयार पारेको खोप ९० प्रतिशत प्रभाकारी रहेको एजेडडी १२२२ नामक खोप भने सस्तो मूल्य मै प्राप्त गर्न सकिने देखिएको छ । उक्त खोप एक जोडको ३ देखि ४ अमेरिकी डलर खर्च हुने तथ्यांक सम्बन्धित क्षेत्रले सार्वजनिक गरेको छ ।

उक्त खोपलगाउन प्रतिव्यक्ति एक जोडका लागि ३ डलरका दरले ३५४ रुपैयाँमात्र खर्च गरे पुग्ने देखिएको छ । कुल १५ वर्षमाथिका उमेर समूहका नेपालीलाई सो दुई जोड खोप लगाउन १९ अर्ब ७२ करोड ४८ लाख ५६ हजार ६३६ रुपैयाँमात्र खर्च गरे पुग्ने देखिएको छ ।

प्रतिव्यक्ति ४ अमेरिकी डलरका दरले खर्च गरेपनि उक्त खोप दुई जोड लगाउन ९४४ रुपैयाँका दरले २६ अर्ब २९ करोड ९८ लाख खर्च हुने देखिएको छ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिनेछ ।

ग्यामेलिया इन्स्टिच्युट, रुसले तयार पारेको स्पुतनिक–५ खोप लगाउन भने नेपालले प्रतिव्यक्ति एक जोडका लागि १० डलर खर्चनु पर्ने देखिएको छ । भण्डारण तापक्रम माइनस १८ डिग्री सेल्सियसभन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्ने उक्त खोप २ देखि ८ डिग्री सेल्सियस सुक्खा संस्करणमा प्रयोग गर्दा उपयुक्त मानिन्छ । स्पुतनिक खोप दुई डोज लगाउनका लागि ६५ अर्ब ७४ करोड ९५ लाख २२ हजार १२० खर्च हुने देखिएको छ ।

फाइजर बायोटेक, अमेरिकाले तयार पारेको एमआरएनए–बीएनटी १६२ खोप पनि तयार भएका चार खोपमध्ये दोस्रो मह्गो खोप हो । यो खोप एक जानलाई एक जोड लगाउनका लागि २० अमेरिकी डलर खर्चिनु पर्ने देखिएको छ ।

माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने उक्त खोप ९५ प्रतिशत प्रभावकारी मानिएको छ । फाइजर बायोटेक, अमेरिकाले तयार पारेको एमआरएनए–बीएनटी १६२ खोप लगाउन १ खर्ब ३१ अर्ब ४९ करोड ९० लाख ४४ हजार २४० रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ ।

सरकारले पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने भएको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स ‘गाभी’ र ‘सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत निःशुल्क खोप ल्याउने तयारी गरेको छ । ‘कोभ्याक्स सुविधा’ ले गरीब र कम आय भएका मुलुकलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा। श्यामराज उप्रेतीले कोभ्याक्समार्फत ल्याइने खोपका लागि यही मङ्सिर १९ गते कूटनीतिकपत्र पठाइसकिएको जानकारी दिए ।

पहिलो चरणमा आउने २० प्रतिशतमध्ये शुरुमा तीन प्रतिशत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई दिइनेछ । सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ९जिटुजी० सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने छ । उनका अनुसार सरकारले रु ४८ अर्ब खोप ल्याउनका लागि बजेट विनियोजन गरेको छ ।

अहिले फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया ९रुस० र ‘साइनोभ्याक्स’ (चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । तीमध्ये फाइजर कम्पनीको खोप सफल परीक्षण भई विश्व वास्थ्य सङ्गठन (डब्लुएचओ)ले भर्खरै मान्यता प्रदान गरेको छ ।

बेलायतमा अस्ति मंगलबार फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ९० वर्षीया हजुरआमालाई लगाएर खोप अभियानको खाता खोलिसकेको छ भने अन्य देश पनि खोप लगाउने तयारी गरिरहेका छन् ।

तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

छाल खवर धरान,२६चैतः ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षर ...

सुनसरी थोक तथा डिलर व्यवसायि संघको अध्यक्षमा पवन

छाल खवर धरान,२५ चैतः सुनसरी डिलर तथा थोक व्यवसायी संघ, धरानको चौंथो साधारण ...

होली गार्डेन स्कुलले उपत्यका वाहिर पहिलो पटक नयाँ

छाल खवर धरान,२४ चैत ः होली गार्डेन एकेडेमी धरानले उपत्यका वाहिर पहिलो पटक न ...

ब्लसम मन्टेश्वरीको अभिभावक दिवस तथा दीक्षान्त समार

छाल खवरधरान,,२२ चैत्रः ब्लसम मन्टेश्वरी स्कुल धरान–को १९ औ अभिभावक दि ...

रोजवर्ड मन्टेश्वरीको दशौं वार्षिक उत्सव सम्पन्न

छाल खवर रोजवर्ड मन्टेश्वरी तथा ट्रेनिङ सेन्टर धरान–१६ को दशौं वार्षिक ...

धरान कै उत्कष्ट ब्रिज कोर्स र नर्सिङ तयारी केन्द्र

छाल खवर धरान,२० चैतः व्रिज कोर्ष र विएस्सी नर्सिङ प्रवेशको तयारी गराउने शैक ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic