छाल खवर
धरान,२७ मंसिर ःइटहरी स्थित सिमरवना बचत तथा ऋण सहकारी संस्था लि. को १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले प्रकाशचन्द्र बस्नेतको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा विरेन्द्रप्रसाद गौतम चयन भएकाछन् ।
त्यसैगरी सदस्यहरुमा काशीनाथ दंगाल,टोमप्रसाद तिम्सिना,भेषराज ढकाल, सुष्मा शर्मा,कोपिला कट्वाल,दोहिनीप्रसाद ओझा, मैनादेवी ढकाल,युवराज दाहाल,हरिप्रसाद तिम्सिना रहेकाछन् ।
त्यसैगरी लेखा समितिमा शालिग्राम काफ्ले संयोजकलोकनाथ लम्साल,कमला गुरुङ सदस्य रहेकाछन् ।
संस्थाले हालसम्म ३ करोड ३४ लाख १५ हजार १सय रुपैया शेयर पूँजी संकलन गर्न सफल भएको छ भने १२ करोड ८६ लाख ७३ लाख ६सय ६७ रुपैया ४६ पैसा निक्षेप संकलन गरेको छ ।
संस्थाले १३ करोड ७४ लाख ८ हजार १ सय २१ रुपैया ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।संस्थाले १ करोड ५३ लाख हजार २ सय ४० रुपैया कोष हिसावमा राखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
संस्थाले १८ करोड १७ लाख ४१ हजार ८ सय २० रुपैया ४१ पैसाको जम्मा कारोवार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भिष्म कुमार घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष कल्याण बहादुर कार्की प्रमुख अतिथि रहेका थिए भने जिल्ला सहकारी संघ सुनसरीका सचिब गंगाप्रसाद दाहाल,लगायत अतिथि रहेका थिए ।
निर्वाचन समितिका संयोजक डा.टोलनाथ काफ्लेले पद तथा गोपनियताको शफथ गराएका थिए ।
नव निर्वाचित उपाध्यक्ष गौतमले आगामि ४ बर्षे कार्यकालमा संस्थाको वासलात दोब्बर बनाउने,सामाजिक अभियानको कार्यक्रमहरु संचालन गर्ने र संस्थालाई सबल सक्षम र नमुना संस्थाको रुपमा बिकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य काशीनाथ दंगालले गरेका थिए ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic