छाल खवर
धरान,२७ मंसिर ःनेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले मृतको २ परिवारलाई २६ लाख बराबरको मृत्यु दावी चेक शुक्रबार हस्तान्तरण गरेको छ ।
बैदेशिक म्यादी विमा अन्तर्गत २ परिवारलाई १३ र१३ लाखको दरले जम्मा २६ लाख बराबरको मृत्यु दावी चेक गाईघाट शाखाले हस्तान्तरण गरेको हो ।
त्रियुगा नगरपालिका वडा नं २ मोथीयाहीकी मृतक परिवारकी श्रीमती सुमा राई र अर्का मृतक परिवार त्रियुगा नगरपालिका वडा नं १३ की चन्द्रीमाया मगरलाई १३र१३ लाखको दरले चेक हस्तान्तरण गरिएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख प्रेम कुमार राईले बताए ।
मृतकका परिवार चन्द्रीमाया मगरलाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख प्रेमकुमार राईले मृत्यु दावी चेक हस्तान्तरण गरेका थिए ।
मोथीयाहीकी सुमा राईकी श्रीमान २२ बर्षिय ज्योति कुमार राईले बैदेशिक रोजगारका लागि दुवाई जाने शिलशिलामा बैदेशिक म्यादी विमा अन्तर्गत ३ हजार विमा रकम जम्मा गरी श्रावन २६ गते दुवाई उडेका थिए । फागुन २५ गते बिदेशबाट घर फर्किएका राईको घर नजिकैको खोलामा माछा मार्ने क्रममा करेन्ट लागी मृत्यु भएको थियो ।
तिन बर्षको विमा अवधि रहेको राई ७ महिनामै विदेश बाट घर फर्किएका थिए । उनको विमा अवधिमै मृत्यु भएको र कम्पनीले सम्पूणर् कागजातको आधारमा मृतक परिवारलाई चेक हस्तान्तरण गरेको शाखा प्रमुख राईले बताए ।
यता चन्द्रीमाया मगरकी ४३ बर्षिय श्रीमान खड्ग बहादुर थापा मगरले पनि बैदेशिक म्यादी विमा अन्तर्गत ३ बर्ष अघि नेशनल लाईफ इन्स्योरेन्समा ५ हजार विमा रकम जम्मा गरी साउदी उडेका थिए ।
माघ २२ गते छुट्टीमा आएका मगर लकडाउनका कारण तत्काल विदेश फर्कन सकेन । घरमै बसिरहेका मगरको प्रेसका कारण एक्कासी असार १६ गते मृत्यु भएको थियो । सोही वापतको रकम मगरलाई पनि शाखाले उपलब्ध गराएको राईले जानकारी दिएकाछन् ।
शाखा प्रमुख राईले मानव जिवनमा विमा जुनसुकै सेक्टरमा पनि आवश्यक रहेको बताए । राईले जिवन विमा, दुर्घटना, विमा, बैदेशिक रोजगारको विमा लगाएत सबै क्षेत्रमा आफ्नो सुरक्षा र राहतका लागि विमा अति महत्वपूर्ण रहेको बताए । राईले सानो थोरै बचतले ठुलो रकम प्राप्त गर्न सकिने उदाहरण समेत दिएका थिए ।मानव जिवनमा विमा एक ठुलो सहयोगको माध्याम बन्न सक्ने समेत बताए ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic