चिरञ्जीवी बचतको कारोवार १ अर्व भन्दा माथि साधारण सभामा ३९ जना सम्मानीत

  • पुस १३, २०७७
  • ८,०२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुष ः चिरञ्जीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक आर्थिक वर्षमा १ अर्व भन्दा माथिको वार्षिक कारोवार गरेको छ ।

संस्थाले प्रस्तुत गरेको ९ औँ वार्षिक साधारणसभामा सो कारोवारको विवरण प्रस्तुत गरीएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष खेम बहादुर माझिद्धारा प्रस्तुत प्रतिवेदनमा आ.व.२०७६ र ७७ मा संस्थाले १ अर्ब ६ करोड ५८ लाख ९५ हजार १ सय ८५ रुपैयाँ ६९ पैसाको कारोबार गरेको बताएका थिए ।

धरान–१३ स्थित आफ्नै सभाहलमा सभाहलमा आयोजना गरीएको सो कार्यक्रममा उत्कृष्ट आवधिक बचतकर्ता १२ जना, उत्कृष्ट बचतकर्ता १५ जना, उत्कृष्ट ऋणी ४ जना , उत्कृष्ट बाल बचतकर्ता ६ जना , उत्कृष्ट मुद्धति बचतकर्ता १ जना , उत्कृष्ट शेयर सदस्य १ जनालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

hhhhhhhhh

संस्थामा हाल शेयर पुँजी ५४ लाख ६४ हजार ८ सय ४४ रूपैयाँ रहेको र संस्थाले यस आर्थिक वर्षमा १ अर्ब ५ करोड ८४ लाख ५७ हजार २२ रुपैयाँ कुल निक्षेप संकलन गर्न सफल भएको संस्थाका व्यवस्थापक साजन श्रेष्ठले जानकारी दिएकाछन् ।

संस्थाले वित्तिय कारोवारका साथै सामाजिक कार्यहरु पनि गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने संस्थाका अध्यक्ष खेमबहादुर माझीले वताए । माझीले संस्थाले शेयर पूँजी वृद्धि गर्दै जाने लक्ष्य लिएको वताए ।

chirinbi bi 2

कार्यक्रमका प्रमुख अतिथि धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले ने उल्लेख गरेका थिए । समाजमा छरीएर रहेका पूँजीहरुलाई संगठित गर्दै समाजमा आर्थिक परिवर्तनको लागि सहकारीले .महत्वपूर्ण योगदान पुर्याउन सफल भएको उल्लेख गरेका थिए । साना व्यवासायीहरुको आर्थिक वृद्धिका लागि सहकारी कोसेढुड.गा सावित हुने समेत काफ्लेको दावी रहेको थियो ।

काफ्लेले कोमामा पुगेको सहकारीलाई मृत रुप दिएर उदाहरणीय कारोवार गरेर देखाएको भन्दै प्रसंशा गरेका थिए । छोटो समयमा सहकारीले निकै ठूलो कारोवार गर्न सफल भएको छ ।

chirinjibi

कार्यक्रममा पंखवति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बराहक्षेत्रका अध्यक्ष गणेश गिरी,उपाध्यक्ष अशोक साह,व्यवस्थापक चक्रबहादुर राई,नेशनल लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाका प्रमुख हरीप्रसाद खतिवडा लगाएको उपस्थिति रहेको थियो ।

dddd 1

कार्यक्रमको सञ्चालन संस्थाकी सञ्चालक सदस्य दिपा राईले गरेकीथिइन् ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic