होटल रेष्टुरेन्टलाई स्तरोन्नतिका लागि दुइ दिने तालिम

  • पुस २१, २०७७
  • ४,०५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ पुष ः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाको आयोजना तथा सुनसरी उद्योग वाणिज्य संघको सह आयोजनामा होम स्टे तथा होटल रेष्टुरेन्ट क्यान्टीन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्वन्धि दुइदिने तालिम सम्पन्न भएको छ ।

ubasanga = 2

धरानमा आयोजना गरीएको सो कार्यक्रममा धरानका ३७ जना होटल सञ्चालकहरु सहभागी रहेको सुनसरी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामस्वरुप शर्माले वताए ।


तालिममा कार्यालय प्रमुख काशीनाथ घिमिरेले होटल रेष्टुरेन्टको समास्या समाधान र स्तरउन्नतीका लागि खाद्य स्वच्छताको महत्वको विषयमा जानकारी दिएका थिए ।
स्वच्छ र सफा भएको खण्डमा ग्राहकको आर्कषण हुने भएकोले व्यवसाय सञ्चालनमा सफलता मिल्ने समेत उल्लेख गर्नुभयो ।

ubasang = 3


उक्त तालिममा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारकी प्राध्यापक बविता अधिकारी,होटलमेनेजमेन्ट कलेज धरान १६ का प्राध्यापक गगन श्रेष्ठ लगायतले तालिममा प्रशिक्षण दिएकाथिए ।
तालिममा सहभागीहरुलाई सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले स्वागत गरेका थिए भने कार्यसमिति सदस्य रामस्वरुप शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।
होटल तथा रेष्टुरेन्टहरुलाई यस्ता तालिमहरुले स्तरउन्नती गर्नका लागि थप सहयोग पुग्ने अपेक्षा गरीएको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic