खेलक्षेत्रको विकास गर्न वडाध्यक्ष कप

  • माघ ३, २०७७
  • ३,३१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ माघ ःवडा भित्रका खेलाडीहरुलाई सकृय गराउने उदेश्यले फोकस १६ क्लवले वडाध्यक्ष कपको आयोजना गर्ने भएको छ ।

क्लवले माघ ४ गतेदेखि १० गतेसम्म क्षेत्रीय रंगशाला धरान–१६ मा स्थानीय चोक स्तरीय क्लवहरुको सहभागीतामा कप आयोजना गर्न लागेको हो ।

यसै वर्ष स्थापित क्लवले वडाभित्रका क्लवहरुलाई खेल क्षेत्रमा प्रोत्साहित गरीनुका साथै खेलाडीहरुलाई स्तरउन्नती गराउने उदेश्यले कपको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष डिल्ली बहादुर भुजेलले वताए ।

फुटवल प्रतियोगितामा वडा भित्रका १६ वटा चोकस्तरीय टिमको सहभागीता रहेको क्लवका सचिव उमेश जिमिले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा जोरसखुवा क्लव,योङ व्वाइज युनियन क्लव, प्रगति मार्ग क्लव,सुम्निमा फुटवल क्लव, भगवति मार्ग फुटवल क्लल,व्रोर्दश युनाइटेड क्लव,क्रन्च फिटनेश क्लव छन् ।

त्यसैगरी अन्य क्लवहरुमा डाङडुङ ड क्लव,वेव फुटवल क्लव,सिलोनसिल फुटवल क्लव,मुस्कान फुटवल क्लव,चिन्ताङ फुटवल क्लव,लेखनाथ चोक फुटवल क्लव,भेट्रान फुटवल क्लव,खरानी फुटवल क्लव,फोकस १६ क्लव सहभागी रहेकाछन् ।

खेलक्षेत्रको माध्यमबाट युवाहरुलाई अगाडी वढाउन र धरानलाई खेलकुदको शहर उपनामले पहिचान गराउन खेलले मद्धत पुग्ने वडाध्यक्ष दिलकुमार गिरीले वताए ।

खेलक्षेत्रको प्रोत्साहनको लागि वडाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेकाछन् ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद,टफि मेडल,दोस्रो हुनेले ७ हजार नगद हात पार्ने आयोजकले जनाएको छ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic