खेलक्षेत्रको विकास गर्न वडाध्यक्ष कप

  • माघ ३, २०७७
  • ३,२८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ माघ ःवडा भित्रका खेलाडीहरुलाई सकृय गराउने उदेश्यले फोकस १६ क्लवले वडाध्यक्ष कपको आयोजना गर्ने भएको छ ।

क्लवले माघ ४ गतेदेखि १० गतेसम्म क्षेत्रीय रंगशाला धरान–१६ मा स्थानीय चोक स्तरीय क्लवहरुको सहभागीतामा कप आयोजना गर्न लागेको हो ।

यसै वर्ष स्थापित क्लवले वडाभित्रका क्लवहरुलाई खेल क्षेत्रमा प्रोत्साहित गरीनुका साथै खेलाडीहरुलाई स्तरउन्नती गराउने उदेश्यले कपको आयोजना गर्न लागिएको क्लवका अध्यक्ष डिल्ली बहादुर भुजेलले वताए ।

फुटवल प्रतियोगितामा वडा भित्रका १६ वटा चोकस्तरीय टिमको सहभागीता रहेको क्लवका सचिव उमेश जिमिले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा जोरसखुवा क्लव,योङ व्वाइज युनियन क्लव, प्रगति मार्ग क्लव,सुम्निमा फुटवल क्लव, भगवति मार्ग फुटवल क्लल,व्रोर्दश युनाइटेड क्लव,क्रन्च फिटनेश क्लव छन् ।

त्यसैगरी अन्य क्लवहरुमा डाङडुङ ड क्लव,वेव फुटवल क्लव,सिलोनसिल फुटवल क्लव,मुस्कान फुटवल क्लव,चिन्ताङ फुटवल क्लव,लेखनाथ चोक फुटवल क्लव,भेट्रान फुटवल क्लव,खरानी फुटवल क्लव,फोकस १६ क्लव सहभागी रहेकाछन् ।

खेलक्षेत्रको माध्यमबाट युवाहरुलाई अगाडी वढाउन र धरानलाई खेलकुदको शहर उपनामले पहिचान गराउन खेलले मद्धत पुग्ने वडाध्यक्ष दिलकुमार गिरीले वताए ।

खेलक्षेत्रको प्रोत्साहनको लागि वडाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेकाछन् ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद,टफि मेडल,दोस्रो हुनेले ७ हजार नगद हात पार्ने आयोजकले जनाएको छ ।

 

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic