वडाध्यक्ष कपको उद्घाटन 

  • माघ ४, २०७७
  • ३१८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघ ःफोकस १६ क्लवको आयोजनामा प्रथम वडाध्यक्ष कप रनिङ्ग फुटवल प्रतियोगिता आइतवारबाट शुरु भएको छ ।

फोकस १६ क्लबका अध्यक्ष डिल्ली ब भुजेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा धरान फुटबल फ्यान क्लबका अध्यक्ष अशोक राई प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि धरान १६ का वडाध्यक्ष दिल कुमार गिरि रहेका थिए ।

पहिलो उत्घाटन खेलमा जोरसखुवा क्लबले २(१ गोलले योङ्ग वोईज क्लबलाई े पराजित गरेको थियो ।
विजेता टिमको तर्फबाट जर्सि नं १० का सरोज लकान्र्दिले गोल गरेका थिए भने योङ्ग वोईजका तर्फबाट जर्सि नं ७ का दिपेन्द्र बस्नेत १ गोल गरेका थिए ।

दोस्रो हाफमा योङ्ग वोईजका जर्सि नं ४ का खेलाडीले आत्माघाति गोल गरेपछि जोरसखुवा क्लबले जित हासिल गरेको थियो ।

खेलको म्यान अफ दि म्याच जोर सखुवा क्लबका जर्सि नं १० सरोज लकान्द्रि घोषित भएका छन ।

यसैगरि दोस्रो खेलमा धरान १६ भेट्रानले लेखनाथ चोकलाई ३(० गोल अन्तरले जित हात पार्न सफल वनेको छ । विजेता टिमको तर्फबाट जर्सि नं १० का मनिस मगरले २ तथा अर्को १ गोल जर्सि नं ९ का खगेन लिम्बुले गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १६ भेट्रानका जर्सि नं १५ का लक्ष्मि याक्खा घोशित भएका छन ।

भोलि (सोमवार)को खेल डाङ्डुङ्गे ड विरूद्ध वेब क्लब, शिलनसिल विरूद्ध मुस्कान क्लव र प्रगतिमार्ग विरूद्ध सुम्निमा चोक रहेको छ ।

कार्यक्रममा धरान १६ का पुर्व खेलाडिहरूलाई क्लबले सम्मान गरेको आयोजक क्लवका सचिव उमेश जिमिले वताए ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic