वडाध्यक्ष कपको उद्घाटन 

  • माघ ४, २०७७
  • ३६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघ ःफोकस १६ क्लवको आयोजनामा प्रथम वडाध्यक्ष कप रनिङ्ग फुटवल प्रतियोगिता आइतवारबाट शुरु भएको छ ।

फोकस १६ क्लबका अध्यक्ष डिल्ली ब भुजेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा धरान फुटबल फ्यान क्लबका अध्यक्ष अशोक राई प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि धरान १६ का वडाध्यक्ष दिल कुमार गिरि रहेका थिए ।

पहिलो उत्घाटन खेलमा जोरसखुवा क्लबले २(१ गोलले योङ्ग वोईज क्लबलाई े पराजित गरेको थियो ।
विजेता टिमको तर्फबाट जर्सि नं १० का सरोज लकान्र्दिले गोल गरेका थिए भने योङ्ग वोईजका तर्फबाट जर्सि नं ७ का दिपेन्द्र बस्नेत १ गोल गरेका थिए ।

दोस्रो हाफमा योङ्ग वोईजका जर्सि नं ४ का खेलाडीले आत्माघाति गोल गरेपछि जोरसखुवा क्लबले जित हासिल गरेको थियो ।

खेलको म्यान अफ दि म्याच जोर सखुवा क्लबका जर्सि नं १० सरोज लकान्द्रि घोषित भएका छन ।

यसैगरि दोस्रो खेलमा धरान १६ भेट्रानले लेखनाथ चोकलाई ३(० गोल अन्तरले जित हात पार्न सफल वनेको छ । विजेता टिमको तर्फबाट जर्सि नं १० का मनिस मगरले २ तथा अर्को १ गोल जर्सि नं ९ का खगेन लिम्बुले गरेका थिए। खेलको म्यान अफ दि म्याच धरान १६ भेट्रानका जर्सि नं १५ का लक्ष्मि याक्खा घोशित भएका छन ।

भोलि (सोमवार)को खेल डाङ्डुङ्गे ड विरूद्ध वेब क्लब, शिलनसिल विरूद्ध मुस्कान क्लव र प्रगतिमार्ग विरूद्ध सुम्निमा चोक रहेको छ ।

कार्यक्रममा धरान १६ का पुर्व खेलाडिहरूलाई क्लबले सम्मान गरेको आयोजक क्लवका सचिव उमेश जिमिले वताए ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic