नेपाल चलचित्रकर्मी महासंघद्धारा न्यानो कपडा बितरण

  • माघ १८, २०७७
  • २,६७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघ ःनेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण गरिएको छ ।

सामाजिक कार्यमा सधै अग्रभागमा रही कार्य गर्दे आईरहेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो ।

3 1

चलचित्रकर्मिहरुको उपस्थितीमा शनिवार सरस्वती बाल आश्रम धरान ३ तुर्कैमा दिउसो साढे १२ बजे मायाघर ईटहरि र साढे १ बजे मानव सेवा आश्रम बिराटनगर तथा त्याहा आश्रीतहरुलाई न्यानो कपडा बितरण गरेको नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशका अध्यष अरुण कुमार प्रधानले जानकारि दिएका छन ।

सरस्वती बाल आश्रम धरान ३ तुर्कैमा आश्रीत करिब ३० बालबालिकालाई,मायाघर ईटहरिमा आश्रीत ११० जनालाई र बिराट वृद्ध आश्रम बिराटनगरमा आश्रीत करिब १४० जनालाई जाडोको न्यानो कपडा बितरण गरिएको हो ।

final  photo 1

कपडा बितरण कार्यक्रम पश्चात बोल्दै नेपाल चलचित्रकर्मी महासंघ १ नम्बर प्रदेशका अध्यक्ष प्रधानले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो । बिराटनगरको कार्यक्रममा हाल जापान बसोवास गर्ने चलचित्रकर्मि बिनोद बुढाथोकिले बिराट बृद आश्रम लाई रु ५१००र( प्रदान गर्नु को साथै अब आफु जापान गएर त्यसै गरि कपडा संकलन गरेर नेपाल पठाउने जानकारि पनि गराउनु भएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु तथा स्थानियवासीहरु पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

तीनै स्थानमा बितरण गरिएको सो कपडाको प्रायोजक अर्थात दाता ईनास यु के परिवार र प्रतिभा नक्षत्र परिवार यु के रहेको आयोजक नेपाल चलचित्रकर्मी महासंघ , प्रदेश १ ले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाल चलचित्र महासङ्घका अध्यक्ष अरुण कुमार प्रधान, महासचिव दिनेश कोईराला,सल्लाहकार प्रेम सुब्बा,कलाकारहरु हिमाल दाहाल, कृष्ण नेपाल, त्रीबिक्रम कोईराला, मिलन सुबेदी,सत्रुधन अन्सारी, हस्त लिवांङ , बिजय संयोग सुब्ब्बा,बिनोद श्रेष्ठ , संतोष सरकार , बिनोद पुडासैनि , भिम लामा, प्रवल दिप बिश्वास , बिक्रम राजवंशि , रुक्मिनी मस्के लगायतको उपस्थित रहेको थियो ।

बिराट बृद आश्रम बिराटनगरको कपडा वितरण कार्यको संयोजन राजवंशि चलचित्रकर्मि संघ मोरंग ले गरेको थियो ।

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic