छाल खवर
धरान,२० माघ ः धरान देखि हर्दिया हुदै कन्यापोखरी सडक निर्माणको ठेकेदार कम्पनीले ढुवानी व्यवासायी र कामदारलाई भुक्तानीमा दिएको चेक वाउन्स हुने गरेको छ ।
ठेकेदार कम्पनी मार्फत काम गर्दै आएको मिक्सन विल्डर कम्पनीले दिएको चेक वाउन्स हुने गरेको हो ।
कम्पनीले ढुवानी र कामदारका लागि भुक्तानी वापत दिएको एनएमवि वैंकको चेकको खातामा रकम नभएको ढुवानी व्यवसायीले वताएका छन् ।
सो वाटोको ठेक्का गजुरमुखी कन्ट्रक्सन र लुम्बिनी कन्ट्रक्सनले पारेको थियो । उनीहरुलाई केही कमिसन दिएर हाल मिक्सन विल्डर कम्पनीले काम गर्दै आएको छ ।
विल्डरले दिएको ढुवानी र कामदारको भुक्तानी वापतको चेकमा वैंकजादा खातामा पैसा नभएकोले समस्या भएको ढुवानी व्यवासयीले छाल खवरलाई वताएकाछन् ।
उनले भने वैंकमा जादा चेक साटीदैन वाहिर ल्याए काम नदिने धम्की दिन्छ काम गर्नलाई समस्या भयो ।करिव १५ लाख वरावरको चेक वाउन्स भएको कामदार र ढुवानी व्यवासायीहरुले जानकारी दिएकाछन् ।
एक निर्वाचन एक एक दिर्घकालिन योजना अन्र्तगत सुनसरी क्षेत्र नं १ अन्र्तगत क निर्वाचन क्षेत्रको यो दिर्घकालिन योजनाको रुपमा यो योजना रहेको छ ।
कम्पनीकी डाइरेक्टर इन्दु तुम्बाहाम्फेले प्रदेश सरकारले भुक्तानी नदिएकोले कामको भुक्तानीमा समस्या भएको जानकारी दिइन । उनले भनिन–मैले सवैलाई सम्झाएर फागुनसम्म पर्खिनु भनेको छु ।
आफूले भुक्तानीका लागि रकम जुटाईरहेकोले केही समयपछि भुक्तानीको व्यवस्था मिलाउने जानकारी दिइन ।
पूर्वाधार कार्यालयका राजनराज रिद्धिले वजेट अभावका कारण केही ढिलाई भएको र केही समयपछि सवैको भुक्तानीको व्यवस्था मिलाईने जानकारी दिए ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic