हाङ्थुम कपको उपाधी न्यु युवा क्लबलाई

  • फागुन ९, २०७७
  • २,१६३ पटक पढिएको
  • उमेश जिमि
alt

उमेश जिमि
धरान,९ फागुन ःहाङ्थुम क्लव मूलखर्कले आयोजना गरेको खुल्ला पुरुष फुटवल प्रतियोगिता आइतवार सम्पन्न भएको छ ।
श्री पञ्चमीको अवसर पारेर २०३६ साल देखि हरेक वर्ष आयोजना हुँदै आईरहेको फुटवल प्रतियोगिता मादी नगरको लोकप्रिय प्रतियोगिता बन्दै आएको छ ।

विगत वर्षहरुमा मादी नगर आमन्त्रण कप गरिँदै आएकोमा यो वर्ष नगर खेल समिति र हाङ्थुम क्लव विचको विवाद नमिलेपछी हाङ्थुम कपको रुपमा क्लवले सञ्चालन गरेको क्लवका अध्यक्ष अशिम जिमीले वताए।

प्रतियोगिता गत फागुन ४ गतेवाट सुरु गरिएको थियो । प्रतियोगितामा १० वटा टिम सहभागी भएका थिए ।

फाईनल खेलमा न्यु युवा क्लव आखिभुईले पञ्चकन्या युवा क्लव कुन्ताङलाई ३–१ गोल अन्तरले हराउदै उपाधी हात पार्न सफल भएको थियो ।

समापन समारोहमा पुर्व स्वास्थ्य राज्यमन्त्री दिपक खड्काले विजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा वेष्ट मिड फिल्डर, पञ्चकन्याका विसन श्रेष्ठ, वेस्ट स्ट्राईकर पञ्चकन्या कै रिवस मास्के, वेस्ट डिफेन्डर न्यु युवा क्लबका मन्जिल खड्का घोशित भए भने उत्कृष्ट गोल रक्षक न्यु युवा क्लबका मनोज गुरुङ भए ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता न्यु युवा क्लबका दिपेस थापामगर घोषित भए भने सर्वोत्कृष्ट खेलाडीमा न्यु युवा क्लबका सुमन गुरुङ घोषित भए ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख हाङ्थुम क्लवका पुर्व खेलाडी स्व.लेखमणी जिमिको स्मृतीमा वहाका परिवारले प्रायोजन गरेका थिए भने दोस्रो पुरस्कार पुर्व स्वास्थ्य राज्यमन्त्री दिपक खड्काले प्रायोजन गरेका थिए ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic