धरानमा प्रदेश १ स्तरीय वास्केटवल प्रतियोगिता आयोजना हुने

  • फागुन २९, २०७७
  • ४,१०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ फागुन ः धरानमा प्रदेश १ स्तरिय कलेज स्तरीय वराह गु््रप महिला पुरुष बास्केटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक धरान बास्केटबल संघले चैत्र २ गतेदेखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो ।

आयोजकका अनुसार प्रतियोगिता धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केटवल कोर्टमा आयोजना हुनेछ ।

उक्त प्रतियोगिता गत बर्ष चैत्र ७ देखि १२ गतेसम्म आयोजना गर्ने तयारी भएको थियो सो समयमा कोरोना भाइरसको महामारीको कारण प्रतियोगीता रोकिएको जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

आयोजकमा अनुसार प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएको छ ।

धरान बास्केटवल संघका अध्यक्ष एवं संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाका अनुसार विजेता टिमले पुरुषतर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने महिलातर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ ।

प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद २ हजार, हाइ स्कोररले नगद १ हजार रुपैया र राइजिङ प्लेयरले ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा स्नातक तहका २३ वर्ष मुनिका खेलाडीहरुले सहभागि हुन पाउने र धरान, विराटनगर, विर्तामोड र इटहरीका कलेजका टिमले सहभागिता जनाएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा धरानको डिपोट, महेन्द्र कलेज, धरान मेघा कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, सियोन, सिटि कलेज, एम्स, सगरमाथा, विकेभिएम विराटनगर धरान आर्दश र विष्णु मेमोरियल र इटहरी, विर्तामोडका कलेजहरु सहभागी रहेकाछन् ।

त्यस्तै, महिला टिमहरुमा डिपोट, धरान अर्दश, विष्णु, हातिसार, सियोन र विराट नर्सिङ्ग होम रहेको छ ।

प्रतियोगितामा बराह गु्रपको मुख्य प्रायोजना रहेको छ भने सहआयोजकमा धरान उपमहानगरपालिका र सुनसरी बास्केटवल संघ रहेको छ ।

धरानमा बास्केटबल खेललाई शुरुवात गर्ने धरान १८ रत्न चौक निवासी स्वर्गीय कुलवहादुर सेनिहाङ्ग लिम्वुलाई सम्मान समेत गरिने भएको छ । सेनिहाङ्गलाई मरणोपरान्त सम्मान गर्न लागिएको हो ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic