बिनाधितो तीन लाख उद्यमशील कर्जा दिन सहमति

  • चैत ५, २०७७
  • ९०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,५ चैत ः युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम सुरू गरेको छ।

चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका तीन सय युवालाई बिनाधितो र बिनाब्याज तीन लाख कर्जा दिनेबारे सहमति भएको हो ।

राष्ट्रिय युवा परिषद्ले ऋण लिने तीन सय ७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन सुरू गरेको छ ।

लिमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए ।

नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने बताए ।

युवालाई उद्यमशीलताका लागि बिनाब्याज तीन लाख ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic