जावाको पेराक मोटरसाइकल लन्च

  • चैत ६, २०७७
  • २,०९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ चैत ः जावा पेराक मोटरसाइकल नेपालमा लन्चगरिएको छ । देश भरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो ।

सुनसरीको धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्समा शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो ।

photo final = 2

विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्सको धरान ८ स्थित ट्राफिक कार्यालय नजिक रहेको सो रुममा अटो मोबाइल्सका निर्देशक कुमार श्रेष्ठ र प्रभु बैक धरान शाखाका प्रमुख नविन राईले जावाको पेराक लन्च गरेका थिए ।

निर्देशक श्रेष्ठका अनुसार ३ सय ३४ सिसिको जावा को पेराक मोटरसाइकलको मुल्य ७ लाख ५० हजार पर्ने छ ।

उनले मोटरसाइकल खरिद गर्दा फाइनान्सको सुविधा समेत रहेको जानकारी दिए । मोटरसाइलक बिक्रि सुरु गरेको भएपनि सो रुमको औपचारीक उद्घाटन भने बैसाखमा गरिने जानकारी दिए ।

जावा पेराक एक बबर स्टाइल बाइकहो । यो भन्दापहिले जावा र जावाफोर्टी टु बाइक लन्च भइसकेका छन् ।

जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमाभाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो ।

नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

यसको इन्जिनबीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअलच्यानलएबीएसका साथदुवैतिर डिस्क ब्रेक दिइएको छ ।

बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । जावा पेराक एक बबर र कस्टम स्टाइल बाइकहो ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic