जावाको पेराक मोटरसाइकल लन्च

  • चैत ६, २०७७
  • २,०२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ चैत ः जावा पेराक मोटरसाइकल नेपालमा लन्चगरिएको छ । देश भरका डिलरहरुमा शुक्रबार एक साथ लन्च गरिएको हो ।

सुनसरीको धरानमा पनि जावाको आधिकारीक विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्समा शुक्रबार जावाको पेराक मोटरसाइकल लन्च गरेको हो ।

photo final = 2

विक्रेता कुमार एण्ड सन्स अटोे मोबाइल्सको धरान ८ स्थित ट्राफिक कार्यालय नजिक रहेको सो रुममा अटो मोबाइल्सका निर्देशक कुमार श्रेष्ठ र प्रभु बैक धरान शाखाका प्रमुख नविन राईले जावाको पेराक लन्च गरेका थिए ।

निर्देशक श्रेष्ठका अनुसार ३ सय ३४ सिसिको जावा को पेराक मोटरसाइकलको मुल्य ७ लाख ५० हजार पर्ने छ ।

उनले मोटरसाइकल खरिद गर्दा फाइनान्सको सुविधा समेत रहेको जानकारी दिए । मोटरसाइलक बिक्रि सुरु गरेको भएपनि सो रुमको औपचारीक उद्घाटन भने बैसाखमा गरिने जानकारी दिए ।

जावा पेराक एक बबर स्टाइल बाइकहो । यो भन्दापहिले जावा र जावाफोर्टी टु बाइक लन्च भइसकेका छन् ।

जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमाभाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो ।

नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।

यसको इन्जिनबीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअलच्यानलएबीएसका साथदुवैतिर डिस्क ब्रेक दिइएको छ ।

बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् । जावा पेराक एक बबर र कस्टम स्टाइल बाइकहो ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic