इन्द्र बराह मेमोरियल गल्फ प्रतियोगिता आयोजना हुने

  • चैत ३०, २०७७
  • ४,६४८ पटक पढिएको
  • छाल खबर
alt

  छाल खवर
धरान,३० चैत ः धरान गल्फ क्लबको आयोजनामा सञ्चालन हुदै आएको इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता वैशाख पहिलो सातादेखि हुने भएको छ ।

धरान गल्फ क्लबको आयोजनामा हुदै आएको यस पटकको छैटौ इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता वैशाख ४ गतेदेखि हुने भएको हो ।

गल्फ क्लवका पूर्व सदस्य समेत रहेका वराह ज्वेलरीका परिकल्पनाकार स्व. इन्द्र कुमार लामिछानेको स्मृतिमा प्रतियोगिता आयोजना हुदै आएको छ ।

क्लवले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिता विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको धरान गल्फ कोर्षमा हुने क्लवका अध्यक्ष टीका लिम्बूले जानकारी दिएकाछन् ।

प्रतियोगितामा प्रदेश नं. १ लगायत काठमाडौ, पोखराका गरी पुरुष तर्फ ४० र ३ महिला गरी ४३ जना सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई बराह ग्रुपले प्रायोजन गरेको छ ।

। धरान खेलक्षेत्रको राजधानी भएको र यस्ता खेलकुद प्रतियोगिताले गल्फ खेलको विकासमा टेवा पुग्नुका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक धरान गल्फ क्लबका कोषाध्यक्ष राजु राइ दावी गरेकाछन् ।

गल्फ खेलको विकासका लागी बराह ग्रुपले प्रायोजन गर्दै आएको छ । बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले स्व. बुवा इन्द्रकुमार लामिछानेले खेल क्षेत्रमा राख्नु भएको अभिरुचिलाई सम्मान गर्न र खेलाडीहरुलाई अवसर प्रदान गर्नको लागि प्रतियोगितालाई सहयोग गर्दै आएको वताए ।

यो प्रतियोगिता पूर्वको एकमात्र धरानमा आयोजना हुदै आएको छ ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic