इन्द्र बराह मेमोरियल गल्फ प्रतियोगिता आयोजना हुने

  • चैत ३०, २०७७
  • ४,६१७ पटक पढिएको
  • छाल खबर
alt

  छाल खवर
धरान,३० चैत ः धरान गल्फ क्लबको आयोजनामा सञ्चालन हुदै आएको इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता वैशाख पहिलो सातादेखि हुने भएको छ ।

धरान गल्फ क्लबको आयोजनामा हुदै आएको यस पटकको छैटौ इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता वैशाख ४ गतेदेखि हुने भएको हो ।

गल्फ क्लवका पूर्व सदस्य समेत रहेका वराह ज्वेलरीका परिकल्पनाकार स्व. इन्द्र कुमार लामिछानेको स्मृतिमा प्रतियोगिता आयोजना हुदै आएको छ ।

क्लवले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगिता विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको धरान गल्फ कोर्षमा हुने क्लवका अध्यक्ष टीका लिम्बूले जानकारी दिएकाछन् ।

प्रतियोगितामा प्रदेश नं. १ लगायत काठमाडौ, पोखराका गरी पुरुष तर्फ ४० र ३ महिला गरी ४३ जना सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई बराह ग्रुपले प्रायोजन गरेको छ ।

। धरान खेलक्षेत्रको राजधानी भएको र यस्ता खेलकुद प्रतियोगिताले गल्फ खेलको विकासमा टेवा पुग्नुका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक धरान गल्फ क्लबका कोषाध्यक्ष राजु राइ दावी गरेकाछन् ।

गल्फ खेलको विकासका लागी बराह ग्रुपले प्रायोजन गर्दै आएको छ । बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले स्व. बुवा इन्द्रकुमार लामिछानेले खेल क्षेत्रमा राख्नु भएको अभिरुचिलाई सम्मान गर्न र खेलाडीहरुलाई अवसर प्रदान गर्नको लागि प्रतियोगितालाई सहयोग गर्दै आएको वताए ।

यो प्रतियोगिता पूर्वको एकमात्र धरानमा आयोजना हुदै आएको छ ।

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic