इन्द्र बराह गल्फको उपाधि नयनको हातमा

  • वैशाख ४, २०७८
  • १३,४८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ वैशाख ःधरानमा जारी छैटौं इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ प्रतियोगिताको उपाधि नयन राईले हात पारेकाछन् ।

धरान गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा ५ अण्डर ६५ स्कोर गर्दै राईले उपाधि हात पारेका थिए ।

राई १६ ह्याण्डीक्याप खेलाडी हुन् ।राईले जितसँगै च्याम्पियन ट्रफी र १५ हजार बराबरको बराह डिपार्टमेन्ट स्टोरको गिफ्ट भौचर पनि प्राप्त गरेकाछन् ।

प्रतियोगितामा ४ अण्डर ६६ स्कोर खेलेका भरत तामाङ दोस्रो भए । उनी १३ ह्याण्डी क्याप खेलाडी हुन् । उनको पनि २ ह्याण्डीक्याप घटेर ११ मा सिमित भएको छ । ट्रफीसँगै तामाङले बराहको १० हजार बराबरको गिफ्ट भौचर पाएका छन् ।

यस्तै, ३ अण्डर ६७ स्कोर गरेका बलबहादुर राई प्रतियोगितामा तेस्रो भए । उनी २३ ह्याण्डीक्याप खेलाडी हुन् । अब उनको पनि २ ह्याण्डीक्याप घटेर २१ मा सिमित भएको छ । प्रतियोगितामा १ अण्डर ६९ स्कोर गरेका आकाश राईले महत्वपुर्ण मानिने बेष्ट ग्रसको उपाधि जिते ।

उनी ५ ह्याण्डीक्याप खेलाडी हुन् । उनको पनि १ ह्याण्डीक्याप घटेर ४ भएको छ । प्रतियोगितामा महिलातर्फ सुमित्रा लिम्बु विजेता भइन् भने शुसिला राई उपविजेता भइन् ।

यसैगरि, सिनियरतर्फ तुलसीराम लिम्बु विजेता भए भने जुनियरतर्फ सिद्धान्त सापकोटा विजेता भए । मोष्ट बर्डीको उपाधि उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी भीम दाहालले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कार हेमन्त थापा र नियरेष्ट टु दि पिनको पुरस्कार टेकबहादुर राईले जिते ।

विजेताहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बु, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, प्रायोजक बराह ग्रुपकी सञ्चालिका विष्णुमाया लामिछाने, बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने, नेपाल गल्फ संघका केन्द्रीय सदस्य एम.बि.लिम्बु, संघका जिल्ला अध्यक्ष डि.बि.राई, बराहका मानबहादुर विश्वकर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

धरान गल्फ क्लवको आयोजना १५ वर्ष सम्म प्रतियोगिता आयोजना गर्ने सम्झौता भएको छ । प्रतियोगिताको लागि बराह ज्वेलरीले प्रायोजन गर्दै आएको छ ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic