धरान उपमहानगरपालिकाद्धारा आज शोक विदा

  • वैशाख २३, २०७८
  • २,०३८ पटक पढिएको
  • छाल खबर
alt

धरान । धरान उपमहानगरपालिकाले विहिवार शोक विदा दिने निर्णय गरेको छ ।

धरान वडा नं.१४ निवासी पूर्व प्रधानपञ्च एवं समाजसेवी ईन्द्र प्रसाद श्रेष्ठको निधनमा उपमहानगरपालिकाले शोक विदा दिने निर्णय गरेको हो ।

श्रेष्ठको हिजो बुधबार उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । श्रेष्ठको ८० वर्षको उमेरमा हिजो निधन भएको हो ।

उहाँको श्रीमतीको दश दिन अघिमात्र निधन भएको थियो । श्रेष्ठ महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व प्राध्यापक पनि हुन भने हाल नेपाली कांग्रेस सुनसरीका सल्लाहकार हुन ।

श्रेष्ठकै अध्यक्षतामा कोरोना महामारीको (बन्दाबन्दीको बेला) समयमा धरानका सडक आश्रित मानिसहरुलाई धरान ८ स्थित लाङ्गाली सामुदायिक वनको भवनमा तिन महिनासम्म निःशुल्क खाना समेत खुवाइएको थियो ।

श्रेष्ठको निधनमा धरान उपमहानगरपाले शोक विदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएकाछन् ।

खतिवडाका अनुसार नगर कार्यपालिकाको कार्यालय साथै माताहतका कार्यालयहरु (अत्यावश्यक सेवा बाहेक) शोक विदा दिएको हो ।

 

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic