फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

  • असार २२, २०७८
  • ३,६३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौ.धरान,२२ असार ः मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले मंगलबार राति १२ वजेदेखि लागू हुने गरी फेरि इन्धनको मूल्य बढाएको हो ।

प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेलरमटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो ।हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।
गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।

गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन ९आन्तरिक०को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

 

२९ देशलाई पछि पार्दै पुष्प लिम्वु र सरोज लिम्वु वन

विकास चाम्लिङधरान,२० हङकङः विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट ...

धरान–६ मा एमालेको निर्वाचन परिचालन कार्यालय स्थाप

छाल खवर धरान,१७ माघः नेकपा एमालेले सुनसरी क्षेत्र नं १ मा चुनाव प्रचार प्रस ...

हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

छाल खवर धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्म ...

धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

छाल खवर धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पू ...

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic