पूर्व भलिवल खेलाडी थोप्राद्धारा बल र जाली हस्तान्तरण

  • साउन ८, २०७८
  • १०,२७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ साउन ः पूर्व भलिवल खेलाडी राजकुमार थोप्राले धरान–२० लाई २ थान भलिवल र नेट हस्तान्तरण गरेकाछन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धरान उपमहानगर समितिको उपाध्यक्ष पदको प्रत्यासी समेत रहेका थोप्राले भल र नेट हस्तान्तरण गरेका हुन् ।

थोप्राले नेपाली कांग्रेसका २० नं. वडाका वुथ सभापति राजकुमार तामाङलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरेका हुन् ।

आफूपनि खेलाडी भएको र खेलक्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहन गर्नको लागि बल प्रदान गरीएको थोप्राले बताए ।

खेल क्षेत्रबाट स्वस्थ्य जीवन जीउन सकिने र खेलकुदको पनि विकास गर्न सकिने भएकोले पनि यसक्षेत्रतर्फ लाग्न युवाहरुलाई प्रोत्साहन गर्नुपर्नेमा थोप्रोको भनाई रहेको छ ।

कार्यक्रममा बल लिदै वुथ सभापति राजकुमार तामाङले खेलाडीहरुलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिएकाछन् । उनले वडाका भलिवल खेलाडीहरुलाई प्रोत्साहन मिल्ने दावी समेत गरेका थिए ।

वडामा भलिवल मैदानमा वडा भित्रका खेलाडीहरुले नियमित रुपमा खेलको अभ्यास गर्ने गरेका छन् ।

खेलकुद क्षेत्रको विकासमा सवैले ध्यान दिन सकेमा युवाहरु कुलतमा लाग्नबाट रोक्न सकिने र खेल क्षेत्रको विकासमा समेत टेवा पुग्ने तामाङको भनाई रहेको थियो ।

 

 



हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic