के तपाईलाई थाहा छ आँप खानेबित्तिकै खान नहुने ७ खानेकुरा

  • साउन ९, २०७८
  • ३,७६२ पटक पढिएको
  • छाल खबर
alt

डा हेमराज कोइराला
छाल खवर
आँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्।

आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाम आदीको रूपमा पनि खाने गरिएको छ।

आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्।

यसरी विभिन्न बस्तुहरूसँग आँप खाँदा अथवा आँप खाने वित्तिकै अन्य चीजहरू खाँदा यो संयोगले स्वास्थ्यको लागि राम्रो गर्दछ कि गर्दैन भन्ने कुराको ज्ञान हुन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट बनाउन पनि सक्दछ।

यसर्थ आँपसंग एकसाथ खाननहुने यी खानेकुराहरूलाई सबैले बुझ्न आवश्यक छ।

१. करेलाः आँप र करेलालाई एकसाथ खानु वा आप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँपखानु स्वास्थ्यको लागि हानिकारक हुन सक्दछ। आँप खाए पछि वा अघि तीतेकरेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछन।

२. तातो दुधः तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउनु हुदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसंग पनि नखानु भनिएको छ। आँपलाई दुधसंग खाने गर्दा पाँचन क्रियामा समस्या आउने गर्दछ।
३। खुसार्नीः आँप खाए लगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खानेकुरा खानु हुँदैन। आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउदछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ।
४. दहीः हुनत धेरैले आँपलाई दहीसंग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादाँ स्वास्थ्यलाई हानी पुग्दछ। किनकी दही र आँपको प्रकृति मिल्दैन। दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो। दही र आँपको एकसाथ सेवनले पाँचन समस्या र दीर्घकालमा गएर छालाको समस्या निम्त्याउदछ।
५. पानीः आँप खाने बित्तिकै पानी पिउदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाँचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौ दोष संञ्चय हुनेहुँदा आँप खाने वित्तिकै पानी पिउनु र पानी पिए लगत्तै आँप खानु हुदैन।
६. कोल्डड्रिङ्कसः आँप र कोल्डड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जीत मानिएको छ। आँपसंग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कसले आँपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ। यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्साईडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुँदैन।
७. तारे भूटेका खानेकुराः आँप र तारे भूटेका खानेकुराहरू पनि एकसाथ खानु हुदैन। किनकी तारेभूटेको खानेकुराहरूमा उच्चमात्रामा कर्बन हुन्छ जसले आँपको पोषक तत्वहरूलाई नष्ट गर्नुका साथै आँपसंग मिलेर विषक्तता पैदा गर्दछ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic