३ कम्पनीहरु एकै पटक आईपीओ निष्कासन गर्ने तयारिमा

  • साउन १६, २०७८
  • २,३७६ पटक पढिएको
  • छाल खबर
alt

काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड(सेबोर्न) ले साधारण सेयर(आईपीर्ओ) निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ ।

बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर ृ(आईपीर्ओ)निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ृ(सेबोर्न) मा निवेदन पेश गरेको थियो ।

सेबोनले श्रावण ११ गते अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर(आईपीर्ओ) निष्कासन गर्न अनुमति माग्दै माघ ८ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोर्न) मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिएको हो ।

्कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर ृ(आईपीर्ओ) निष्कासन गर्न निवेदन पेश गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले साधारण सेयर ृ(आईपीर्ओ) निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोर्न) मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर ृ(आईपीर्ओ) निष्कासन गर्न निवेदन पेश गरेको हो ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि नै प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic