३ कम्पनीहरु एकै पटक आईपीओ निष्कासन गर्ने तयारिमा

  • साउन १६, २०७८
  • २,३१० पटक पढिएको
  • छाल खबर
alt

काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड(सेबोर्न) ले साधारण सेयर(आईपीर्ओ) निष्कासन गर्न विभिन्न ३ वटा कम्पनीलाई अनुमति प्रदान गरेको छ ।

बोर्डले न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेड

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर ृ(आईपीर्ओ)निष्कासन गर्न अनुमति माग्दै मंसिर १० गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड ृ(सेबोर्न) मा निवेदन पेश गरेको थियो ।

सेबोनले श्रावण ११ गते अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन पेश गरेको हो । कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर(आईपीर्ओ) निष्कासन गर्न अनुमति माग्दै माघ ८ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोर्न) मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिएको हो ।

्कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर ृ(आईपीर्ओ) निष्कासन गर्न निवेदन पेश गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडले साधारण सेयर ृ(आईपीर्ओ) निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोर्न) मा निवेदन पेश गरेको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर ृ(आईपीर्ओ) निष्कासन गर्न निवेदन पेश गरेको हो ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले यसअघि नै प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेको छ ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic