खोपकेन्द्रमा राजनीतिक दलबाट पनि प्रतिनिधि पठाउने निर्णय

  • साउन १६, २०७८
  • १,८१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ साउन ः कोरोना विरुद्धको खोपमा दुरुपयोग भएको भन्ने व्यापक विरोध भएपछि धरानमा खोप कार्यक्रमलाई व्यवस्थित गरीने भएको छ ।

नगरप्रमुख तिलक राईको अध्यक्षतामा शुक्रबार धरान उपमहानगरपालिकामा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो ।

धरानमा अब केहीदिन भित्रमा अमेरिकन जोनसन एण्ड जोनसन खोप आउँदै छ ।

धरानमा गएको सोमबार, मंगलबार र बुधबार तीन दिन चाईनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो ।

यो खोप ५५ बर्ष उमेर भन्दा माथि र विभिन्न लक्षित समुहलाई लगाइएको थियो । तीन दिनमा धरानमा ११ हजार बढीले खोपको पहिलो मात्रा लगाएका थिए ।

बैठकमा तिन दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा थुप्रै कमिकमजोरीहरु भएको विषयमा समिक्षा समेत गरिएको थियो ।

सर्वदलिय बैठकले आगामी खोप कार्यक्रमलाई सरल र सहज बनाउने निर्णय गरेको छ । ७ वटै खोप केन्द्रहरुमा राजनीतिक दलहरुबाट समेत अनुगमनका लागि १÷१ जना प्रतिनिधि पठाउने, ७ वटै खोप केन्द्रहरुमा सम्बन्धित वडाको १÷१ जना जनप्रतिनिधि रहने समेत व्यवस्था गर्ने निर्णय गरेको छ ।

खोप केन्द्रहरुमा लक्षित समुहका वडावाईज अलग÷अलग लाईन लगाएर खोप लगाईने व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै, खोपलाई व्यवस्थित गर्न २० वटै वडाका वडाध्यक्षहरुकोे अध्यक्षतामा राजनितिक दलको प्रतिनिधिसहितको संयन्त्र (समिति) बनाई लक्षित समुहको तथ्यांक संकलन, खोप केन्द्र व्यवस्थापन गर्न समेत निर्णय भएको छ । साथै, नगरपालिकालाई सुझाव दिने गरि वडा समितिलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, राष्ट्रिय जनमुक्ति, संघिय लिम्बुवान, नेकपा माले, राप्रपा नेपालका नेताहरुको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic