सुजुकीको नयाँ स्कुटर बजारमा

  • साउन १७, २०७८
  • ३,६९४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ साउन ः नवदुर्गा अटो प्यालेस धरानले स्कुटी पारखिको चाहनालाई पूरा गर्ने गरी बजारमा नया स्कुटी लन्च गरेको छ ।

प्यालेसले आइतवार सुविधा सम्पन्न स्कुटर लन्चसंगै स्कुटर पारखिहरुको चाहाना पुरा हुने भएको हो ।

नवदुर्गाले बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर लञ्च गरेको हो ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघसुनसरीका अध्यक्ष जनकऋषि राई, सल्लाहकार एवम् पूर्व उपध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थितिमा सो स्कुटी सार्वजनिक गरिएको हो ।

धरानका लागि आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले बिएस सिक्स प्रविधिको सुजुकी एक्सेस स्कुटर सार्वजनिक गरेको जनाकारी दिए ।

उनले नया लन्च भएको स्कुटी बहुप्रतिक्षित हुनुका साथै अत्यन्तै लाभदायक रहेको जानकारी दिए ।उनका अनुसार यो स्कुटी भारतीय बजारमा टप ३ मा रहन सफल सफल भएको छ ।

उनका अनुसार स्कुटरमा अगाडि ग्याँस सिलिन्डर अटाउने, फराकिलो सिट, आरामदायी यात्रा, अगाडिको भागमा स्टिलको कभर, मर्मत खर्च पनि अरुभन्दा कम लागतमा हुने भएकोले खरिदकर्तालाई फाइदैफाइदा हुने बताए ।

स्कुटरमा फोर स्ट्रोक सिङ्गल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग, नयाँ परिमार्जित, बिएस ६ प्रविधि जडित, एफआई प्रविधि जडिट रहेको हुँदा उत्कृष्ट माइलेज समेत रहेको उनले जानकारी दिए ।

दुई भल्वयुक्त इन्जिन प्रयोग भएको स्कुटरमा इन्जिनले ६७५० आरपएममा ८।७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्ने गर्छ भने एलइडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल पनि भर्न सकिने उनले जानकारी दिए ।

सुजुकी स्टार्ट सिष्टम प्रयोग गरिएको र किस स्टार्ट दुवै व्यवस्था रहेको स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ ।

यसको अर्को विशेषता मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको स्कुटरमा दुवै चक्कामा अलोय ह्वील प्रयोग गरिएको छ ।

भुजलेका अनुसार खैरो,निलो,सेतो र कालो गरी चार रङमा उपलब्ध स्कुटीको बजार मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको उनले जानकारी दिए ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic