सुजुकीको नयाँ स्कुटर बजारमा

  • साउन १७, २०७८
  • ३,७५० पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ साउन ः नवदुर्गा अटो प्यालेस धरानले स्कुटी पारखिको चाहनालाई पूरा गर्ने गरी बजारमा नया स्कुटी लन्च गरेको छ ।

प्यालेसले आइतवार सुविधा सम्पन्न स्कुटर लन्चसंगै स्कुटर पारखिहरुको चाहाना पुरा हुने भएको हो ।

नवदुर्गाले बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर लञ्च गरेको हो ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघसुनसरीका अध्यक्ष जनकऋषि राई, सल्लाहकार एवम् पूर्व उपध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थितिमा सो स्कुटी सार्वजनिक गरिएको हो ।

धरानका लागि आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसका सञ्चालक दुर्गा भुजेलले बिएस सिक्स प्रविधिको सुजुकी एक्सेस स्कुटर सार्वजनिक गरेको जनाकारी दिए ।

उनले नया लन्च भएको स्कुटी बहुप्रतिक्षित हुनुका साथै अत्यन्तै लाभदायक रहेको जानकारी दिए ।उनका अनुसार यो स्कुटी भारतीय बजारमा टप ३ मा रहन सफल सफल भएको छ ।

उनका अनुसार स्कुटरमा अगाडि ग्याँस सिलिन्डर अटाउने, फराकिलो सिट, आरामदायी यात्रा, अगाडिको भागमा स्टिलको कभर, मर्मत खर्च पनि अरुभन्दा कम लागतमा हुने भएकोले खरिदकर्तालाई फाइदैफाइदा हुने बताए ।

स्कुटरमा फोर स्ट्रोक सिङ्गल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग, नयाँ परिमार्जित, बिएस ६ प्रविधि जडित, एफआई प्रविधि जडिट रहेको हुँदा उत्कृष्ट माइलेज समेत रहेको उनले जानकारी दिए ।

दुई भल्वयुक्त इन्जिन प्रयोग भएको स्कुटरमा इन्जिनले ६७५० आरपएममा ८।७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्ने गर्छ भने एलइडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल पनि भर्न सकिने उनले जानकारी दिए ।

सुजुकी स्टार्ट सिष्टम प्रयोग गरिएको र किस स्टार्ट दुवै व्यवस्था रहेको स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ ।

यसको अर्को विशेषता मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको स्कुटरमा दुवै चक्कामा अलोय ह्वील प्रयोग गरिएको छ ।

भुजलेका अनुसार खैरो,निलो,सेतो र कालो गरी चार रङमा उपलब्ध स्कुटीको बजार मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको उनले जानकारी दिए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic