सरकारी योजनामा ठेकदारको मनोमानी चौतफी विरोधपछि सामान परिवर्तन

  • साउन १९, २०७८
  • २,०३७ पटक पढिएको
  • छाल खबर
alt

खेमबहादुर माझी

धरान,१९ साउन ः सरकारी काममा जे गरेपनि हुन्छ भन्ने उदाहरण सुनसरीको तरहरा स्थित ससस्त्र बन रक्षकहरुको लागि निर्माण भईरहेको प्रदेश र्नं १ को व्यारेकको भवनमा देखिएको छ ।

सरकारी भवन निर्माणमा ठेकदारले आफूखुशी कमसल सामाग्री प्रयोग गरी निर्माणलाई अघि वढाएपछि सो कुराको स्पष्ट उदाहरण देखा परेको हो ।

वन रक्षकहरुको लागि प्रदेशस्तरकै तालिम हल निर्माणका लागि केन्द्रबाटै ठेक्का पाएको निर्माण कम्पनीले ठेक्का पाएको थियो ।

काठमार्डौंको ए एण्ड केजि रमिता एम्वुजा जे भि काठमाडौ १४ ले २ करोड ८४ लाखमा भवनको ठेक्का पारेको थियो ।
भवन निर्माणको लागि कम्पनीले २०७७ र्मंसिर १८ गते सम्झौता गरेको थियो । कम्पनीले २०७९ जेठ १८ गते निर्माण सम्पन गर्ने गरी सम्झौता गरेको थियो ।

bhawan =[ 2

भवनमा निर्माण कम्पनीले ढलाईमा १नं इटा प्रयोग गर्नुपर्नेमा २ नं इटा प्रयोग गरेको बन कर्मचारी एवम् प्राविधिकहरुको भनाई रहेको छ ।

सहरी विकासका इन्जिनियर असोक मेहताले ठेकदारले कमसल सामाग्री प्रयोग गरेको जानकारी आएपछि आफूहरु गएर हेर्दा २ र्नं इटा प्रयोग गरेको पाइएको वताए ।

मेहताले ठेकदारले प्रयोग गर्न लागेको कमसल सामाग्री प्रयोग गर्न लागेपछि तत्काल काम रोक्न र १ र्नं इटा ल्याएपछि मात्र काम गर्न चेतावनि दिईसकिएको जानकारी दिएकाछन् । तर ठेकेदारले भने १ र्नं इटा नै प्रयोग गरेको दावी गरेकाछन् ।

जगमा २ र्नं इटा लगाउदा केही वर्षमा नै मक्किएर कोठा मासिने भएकोले तत्काल जगमा प्रयोग गरीएको इटा हटाएर १ न इटा प्रयोग गर्नुपर्ने प्राविधिकहरुको भनाई रहेको छ ।

ठेकेदारको मनोपलि र लोभका कारण भवन कमजोर हुने भएकोले कमसल सामाग्री प्रयोग गर्न रोक लगाएको र पुन सोही सामाग्री प्रयोग गरेमा काम गर्न नै वन्द गराउने प्राविधिक मेहताको भनाई रहेको छ ।

ठेकेदार कम्पनीका साइट मेनेजर अर्जुन दाहालले इट्टाको कारणले दुइ नम्वर इटा आएको वताउदै सो इटा फिर्ता गरी १ नम्वर इटा मगाएको जिकिर गरेकाछन् ।उनले १ नम्वर इटाबाट नै काम गर्ने वताएकाछन् ।

उनले २ लाख इटा सोही प्रकृतिको लगाउदा कार्यालयले केही नभनेको तर इटा नदिएपछि भने वदनाम गराउन खोजेको आरोप लगाएकाछन् ।

जिल्ला वन कार्यालय सुनसरीका प्रमुख दान बहादुर श्रेष्ठले सो विषयमा आफूहरुले पनि ठेकदारलाई सचेत गराई सकिएको वताए ।

जिल्ला बन कार्यालय सुनसरीका प्रमुख दान बहादुर श्रेष्ठले कम्पनीले गैरजिम्मेवारपूर्ण काम गरेकोले काम रोकिएको वताउदै राम्रो सामान लगाएर मात्र काम गर्न भनिएको वताए ।

प्रमुख श्रेष्ठले केन्द्रबाट ठेक्का लगाएको र हेरचाह गर्न भनिएकोले आफूहरुले केही गर्न नसकिएको वताए । उनले ठेकेदारलाई राम्रो काम गर्न भनिएको उनको भनाई रहेको छ ।

कम्पनीका प्रमुख विवस सुवेदीले इटा कम्पनीलाई दोष देखाउदै राम्रो इटा मगाएको र सोहीबाट काम अगाडी वढाउने वताए ।

प्राविधिकहरुले भने २ र्नं को इटा हटाएर पुर्न अर्को लगाएर निर्माण गर्नुपर्ने वताएकाछन् ।
सो विषयमा वन विभागमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic