स्वास्थ्य मन्त्रालयको वार्ता टोली र बीपीबिच ६ बुँदे सहमति, चारै जना पदाधिकारी हटाउने प्रक्रिया आजैबाट सुरु

  • साउन २०, २०७८
  • ३३९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२० साउन ः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेकाछन् ।

सरकारी वार्ता टोली र आन्दोलनर पक्षबिच ६ बुँदे सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

लामो समय देखि आन्दोलन भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।हिजो प्रतिष्ठान आईपुगेको उक्त वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिका प्रतिनिधिसँग वार्ता गरी ६ बुँदे सहमति गरेको थियो ।

bp barta final

मन्त्रालयका तर्फबाट डा. कृष्णप्रसाद पौडेलसहित सदस्यहरू मान बहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन् भने सङ्घर्ष समिति तर्फबाट संयोजक डा. एसपी रिमाल, सहसंयोजक डा.विष्णु पोखरेल र १२ जना सदस्यले हस्ताक्षर गरेका छन् ।

सरकारलाई मंगलवार बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने, प्रतिष्ठान ऐनको दफा ११ घ मा व्यवस्था भएअनुरूप चारै जना पदाधिकारीहरूलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने,र अब उप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड सहितको कार्यविधि तर्जुमा गर्ने लगायत छन् ।

त्यसैगरी प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा विचाराधीन उजुरी तथा मुद्दाहरूको कारबाहीको प्रक्रियाका अवस्था बुझी शीघ्र कार्य फस्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवम् सहजीकरण गर्ने सहमति पनि भएको छ ।

डा बैकुण्ठ अर्यालको नेतृत्वको उच्चस्तरीय छानबिन कमिटिले हिँजोमात्रै सम्पुर्ण विषयहरुलाई समेटेर कुलपति र सहकुलपतिलाई प्रतिवेदन बुझाइसकेको छ ।

आन्दोलनमा साथ दिनुहुने सम्पूर्ण फ्याकल्टी, नर्सिङ, कर्मचारी, आवाशीय चिकित्सक, विद्यार्थी, नागरिक समाज, पत्रकार, राजनीतिज्ञ, नागरिक अभियान्ता लगायत सम्पूर्ण संघर्ष समितिका संयोजक डा एसपि रिमालले धन्यवाद ज्ञापन गरेकाछन् ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic