कलाकर्मीहरुले दिए कडा चेतावनि

  • भदौ ९, २०७८
  • २,७४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भाद्रःधरानका कलाकर्मीहरुले आफूहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनि दिएकाछन् ।

मंगलवार ज्ञापन पत्र वुझाउनदै धरानका कलाकारहरुको समूहले नगरपालिकामा सो चेतावनि दिएका हुन् ।

लामो समयदेखि कोभिड–१९ का कारण गरिएको लकडाउनले कलाक्षेत्रलाई नराम्ररि प्रभाव पारेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर आफ्नो काममा फर्किन पाउनु पर्ने माग सहित माग राखेर उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।

नाट्यकर्मी, सङीतकर्मी, नृत्य, गायन, प्राबिधिक लगायत कलाक्षेत्रमा सम्बद्ध कलाकर्मिहरुको समुहले सम्युक्त रुपमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएका थिए ।

नगरप्रमुख तिलक राईले धरान प्रदेस नम्बर १ कै कोरोना संक्रमित बढी भएको ठाउँ भएकोले नागरिकको ज्यान बचाउनु पहिलो कर्तब्य भएको बताउदै दुई–तीन दिन पछि कुनै बिकल्प लिएर आउन कलाकर्मिहरुलाई सुझाव दिएका थिए ।

239153437_204994311674250_3189507151869809755_n

नाट्यकर्मी बिजय सुब्बाले करिब दुई बर्षदेखिको लकडाउनले कलाक्षेत्रलाई धारासायी बनाएको हुनाले स्वास्थ्य मापदण्ड पालना गरेर कलाकर्मीहरुले कार्यक्रमहरु गर्न पाउनु पर्ने माग गरे। गायक डिल्ली फोम्बोले कलाक्षेत्रलाइ बाहिरबाट हेर्दा मनोरन्जन जस्तो देखिए पनि पछिल्लो समय गीत सङ्गितलाई जीविकोपार्जनको माध्यम बनाउने युवाहरु बढ्दै गएकोले सहज वातावरण बनाई दिन माग गरे।

युनाईटेट मल्टी आर्टसका सन्चालक सन्तोष तामाङले राजनीतिक दलका सभा जुलुस, बजार, पसल खुल्ला भएको अबस्थामा कलाक्षेत्रका गतिबिधि सन्चालन गर्न बन्देज लगाईनु दुखद भएको भन्दै स्थानिय जनताको अभिभावक उपमहानगरपालिकालाई सहज वातावरण बनाईदिन आग्रह गरे।

त्यस्तै पुर्वान्चल बागिना कलाकेन्द्रका अध्यक्ष एबम पुर्वान्चल सिङ्गिङ स्टाररमिस स्टेट –१ का आयोजक भक्तिराज राईले कलाकर्मिहरुका जायज मागहरुको उचित सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए।

नृत्य प्रशिक्षक एबम म्युजिक भिडियो निर्देसक नगेन्द्र राईले लामो समय देखिको बन्दाबन्दिका कारण कलाक्षेत्रलाई ठूलो असर गरेको भन्दै घर भाडा तिर्न र दैनीक गुजारा गर्न समेत समस्या भएका कारण कतिपय यो क्षेत्रबाट बिस्थापित हुने अबस्था आएको बताए।

उनले माग पूरा नभए आन्दोलनमा उत्रीन बाध्य हुने चेतावनि समेत दिएकाछन् ।

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic