कलाकर्मीहरुले दिए कडा चेतावनि

  • भदौ ९, २०७८
  • २,७१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भाद्रःधरानका कलाकर्मीहरुले आफूहरुको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनि दिएकाछन् ।

मंगलवार ज्ञापन पत्र वुझाउनदै धरानका कलाकारहरुको समूहले नगरपालिकामा सो चेतावनि दिएका हुन् ।

लामो समयदेखि कोभिड–१९ का कारण गरिएको लकडाउनले कलाक्षेत्रलाई नराम्ररि प्रभाव पारेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर आफ्नो काममा फर्किन पाउनु पर्ने माग सहित माग राखेर उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।

नाट्यकर्मी, सङीतकर्मी, नृत्य, गायन, प्राबिधिक लगायत कलाक्षेत्रमा सम्बद्ध कलाकर्मिहरुको समुहले सम्युक्त रुपमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएका थिए ।

नगरप्रमुख तिलक राईले धरान प्रदेस नम्बर १ कै कोरोना संक्रमित बढी भएको ठाउँ भएकोले नागरिकको ज्यान बचाउनु पहिलो कर्तब्य भएको बताउदै दुई–तीन दिन पछि कुनै बिकल्प लिएर आउन कलाकर्मिहरुलाई सुझाव दिएका थिए ।

239153437_204994311674250_3189507151869809755_n

नाट्यकर्मी बिजय सुब्बाले करिब दुई बर्षदेखिको लकडाउनले कलाक्षेत्रलाई धारासायी बनाएको हुनाले स्वास्थ्य मापदण्ड पालना गरेर कलाकर्मीहरुले कार्यक्रमहरु गर्न पाउनु पर्ने माग गरे। गायक डिल्ली फोम्बोले कलाक्षेत्रलाइ बाहिरबाट हेर्दा मनोरन्जन जस्तो देखिए पनि पछिल्लो समय गीत सङ्गितलाई जीविकोपार्जनको माध्यम बनाउने युवाहरु बढ्दै गएकोले सहज वातावरण बनाई दिन माग गरे।

युनाईटेट मल्टी आर्टसका सन्चालक सन्तोष तामाङले राजनीतिक दलका सभा जुलुस, बजार, पसल खुल्ला भएको अबस्थामा कलाक्षेत्रका गतिबिधि सन्चालन गर्न बन्देज लगाईनु दुखद भएको भन्दै स्थानिय जनताको अभिभावक उपमहानगरपालिकालाई सहज वातावरण बनाईदिन आग्रह गरे।

त्यस्तै पुर्वान्चल बागिना कलाकेन्द्रका अध्यक्ष एबम पुर्वान्चल सिङ्गिङ स्टाररमिस स्टेट –१ का आयोजक भक्तिराज राईले कलाकर्मिहरुका जायज मागहरुको उचित सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए।

नृत्य प्रशिक्षक एबम म्युजिक भिडियो निर्देसक नगेन्द्र राईले लामो समय देखिको बन्दाबन्दिका कारण कलाक्षेत्रलाई ठूलो असर गरेको भन्दै घर भाडा तिर्न र दैनीक गुजारा गर्न समेत समस्या भएका कारण कतिपय यो क्षेत्रबाट बिस्थापित हुने अबस्था आएको बताए।

उनले माग पूरा नभए आन्दोलनमा उत्रीन बाध्य हुने चेतावनि समेत दिएकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic