मोटर बाटोले नछोएको जग्गा धितो राखेर ऋण पाइने

  • भदौ १२, २०७८
  • १७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौं,१२ भाद्रःअब मोटर बाटो नभएको जग्गा समेत धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ ।

यसरी लिइने ऋणको सीमा २० लाख रुपैयाँसम्म राखिएको छ । नेपाल राष्‍ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो ऋणको सीमा २० लाख रुपैयाँ तोकेको हो ।

जग्गा धितोमा ऋणी लगानी गर्दा मोटरबाटो नभएका जग्गाहरु बैंकको प्राथमिकतामा पर्दैन थिए । एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यवसाय बाहेक) सञ्‍चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने समेत राष्‍ट्र बैंकले बताएको छ ।

यस किसिमका ऋण माग भइ आए विलम्ब नगर्न समेत राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

‘प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भए सोको स्पष्‍ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ’ निर्देशनमा भनिएको छ ।

(अनलाइनखबर डटकमबाट साभार

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic