वन निगमको महानिर्देशकको सेटिङमा अवैधरुपमा काठ सप्लाई मलाई बदनाम गराउन खोजे– महानिर्देशक भट्टराई

  • असोज ४, २०७८
  • १०,९५७ पटक पढिएको
  • छाल खबर
alt

भोला श्रेष्ठ
धरान,४ असोज ः बन मन्त्रालय अन्तगएत रहेको नेपाल बन निगम लिमिटेडका कार्यकारी निर्देशकको सेटिङमा गैरकानुनी रुपमा प्रदेश १ को काठ अन्य प्रदेशमा सप्लाई भइरहेको छ ।

निगमका कार्यकारी निर्देशक रामेश्वर भट्टराईको ठाडो निर्देशन र सेटिङमा गैरकानुनी रुपमा काठ अन्य प्रदेशमा सप्लाई हुन लागेको हो ।

निगमको नियमावलि अनुसार राष्ट्रिय बनबाट कटान संकलन भएको सखुवा प्रजातिको काठ ५० प्रतिशत विभिन्न बन कार्यालयलाई र वार्की ५० प्रतिशत काठ निगमले नै चिरान गरी सस्तो र सुलभ मुल्यमा स्थानीय उपभोक्तालाई विक्रि वितरण गर्ने व्यवस्था रहेको छ तर निगमले भने काठ ठेकेदार मार्फत पोखरा र काठमाडौमा सप्लाई गर्ने तयारी रहेको छ ।

निगमको प्रदेश नं १ कार्यालय विराटनगर मातहतको राष्ट्रिय वन मार्फत संकलन भएको सखुवा प्रजातिको गोलिया काठ चिरान गरी सर्वसाधरणलाई सुलभ मुल्यमा विक्रि वितरण गर्नको लागि निगमले इटहरीमा ठेक्का दिएको थियो ।

राष्ट्रिय बन अन्तर्गत सुनसरी, उदयपुर र मोरङका बनबाट गोलिया संकलन हुने गरेकोछ ।

आर्थिक वर्ष २०७७÷०७८ को लागि निगमले काठ चिर्ने ठेक्का सम्झौता इटहरी १ स्थित मनकामना स–मिलसंग गरेता सम्झौता विपरीत चिरान भने इटहरी १६ स्थितसिद्धकालि स–मिलमा चिरान गरीदै आएको निगम स्रोतको भनाई रहेको छ ।

निगमले प्रदेश नं १ मा ३० हजार क्यु फिट काठ चिरानका लागि चिरान ठेक्का लगाएको थियो ।

राम्रो काठ सर्वसाधारणलाई राम्रो काठ विक्रि वितरण गर्नुपर्ने प्रावधान भएपनि भट्टराईको मिलेमतोमा राम्रो काठ मिलबाटै व्यापारीलाई प्रति किवि १५ सय रुपैया लिएर सेटिङमा व्यापारीलाई मिलबाटै विक्रि गर्ने गरेकाछन् ।

सो काठ ठेकेदार रामसुन्दर खड्काले पोखरा काठमाडौ लगेर महंगो मुल्यमा विक्रि गर्ने गरेकाछन् । निगमको नियम अनुसार मिलबाट काठ उठाउनु गैरकानुनी मानिन्छ भने प्रदेश बाहिर लानुपनी गैरकानुनी मानिन्छ ।

सो कार्यका लागि सहज वनाउन भट्टराईको निर्देशनमा प्रदेश १ का प्रमुख विमल विक्रम पन्तको सेटिङमा चिरानका सजिलो पार्नका लागि २ जना कार्यालय सहायक कर्मचारी राख्नुपर्ने व्यवस्था भएपनि १ जना मात्र राखीएको छ भने पाचौ तहको रेन्जरस्तरको प्राविधिक कर्मचारी राखीनु पर्नेमा एक तहको ज्यालादारी कर्मचारी नियुक्ति गरी मनोमानी गरीएको छ । त्यति मात्र नभएर ज्यालादारी कर्मचारीलाई नै मिलको सम्पूर्ण जिम्मेवारी समेत दिइएको छ ।

त्यो वापत ९ रुपैया ५० पैसामा विक्रि गर्नुपर्नेमा प्रतिकेजी १२ रुपैयामा व्यापारीहरुलाई दाउरा बाकल विक्रि गर्ने गरीएको र अनसाइज भ्याट सहित २९ सय ५०मा विक्रि वितरण गर्नुपर्नेमा सर्वसाधारण विक्री वितरण नगरी व्यापारीलाई ६ हजार क्विन्टलमा विक्रि गर्ने गरेको छ ।

केन्द्रबाट काठ लाने स्विकृति आएकोले दिइएको जानकारी गराउदै कानुनी प्रकृया अनुसार नै काठ लान लागेको जानकारी दिएकाछन् ।

मनकामना मिल सञ्चालक झइन्द्र खड्काले चिरानको टेण्डर मनकामनाको फर्मबाट पारेपनि सम्झौता गर्दा नै सिद्धकाली स–मिलबाट चिराउने गरी सम्झौता गरीएको दावी समेत गरेकाछन् ।

सो विषयमा निगमका कार्यकारी निर्देशक रामेश्वर भट्टराईले काठमाडौंमा सर्वसाधारणको काठको माग वढदो मात्रामा रहेको तर काठ नभएकोले ल्याउने तयारी भएको वताउदै कुनै ठाउ विशेषमा सीमित नहुने जिकिर गरेकाछन् ।

उनले आफुले सेटिङमा गरेको हल्ला निराधार भएको दावी गर्दै बदनाम गराउने षडयन्त्र भएको जिकिर गरे ।
अवैध नभई कानुन संगत नै भएको भट्टराईले दावी समेत गरेकाछन् ।

 

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic