खसी कपको तयारी पुरा उद्घाटन भोली हुने

  • असोज १५, २०७८
  • ७,७३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोज ः विष्णु सास्कृतिक युवा क्लव धरान–२० को आयोजनामा हुन लागेको तेस्रो खसि कपको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोली (शनिवार)बाट शुरु हुन लागको सो फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लवले जनाएको हो ।

आयोजक क्लवका अध्यक्ष विजय लामा तामाङका अनुसार प्रतियोगितामा धनकुटाको सागुरीगढीका केही क्लवहरु,धरानका क्लवहरु गरी २४ टिमको सहभागीता रहनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ३० हजार ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष लामाले जानकारी दिएकाछन् ।

प्रतियोगितामा शान्ति युवा क्लव, स्वारा फुटवल क्लव, तातोपानी फुटवल क्लव,डिभिजन फुटवल क्लव, तामाखाम फुटवल क्लव, पटनाली फुटवल क्लव, धापा फुटवल क्लव , हाडी फुटवल क्लव, सिरिसे फुटवल क्लव, चियाबारी फुटबल क्लव, आहाले फुटवल क्लवछन् ।

त्यसैगरी धारापानी फुटवल क्लव, अधेरी फुटवल क्लव, गुम्बा फुटवल क्लव, सुर्यकुण्ड फुटवल क्लव, ठूलो खैरे फुटवल क्लव, चिण्डेडाडा फुटवल क्लव, सानो खैरे फुटवल क्लव, ढुंगी फुटवल क्लव, हर्दिया फुटवल क्लव, विष्ण्ुापादुका भन्ज्याङ फुटवल क्लव, आयोजक ए र आयोजक वि रहेकाछन् ।

विष्णुपादुका क्षेत्रबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीदै आएको अध्यक्ष लामाको भनाई रहेको छ ।

युवाहरुलाई खेलकुदका अलावा सामाजिक क्षेत्रमा पनि सहभागी गराउने र वडालाई खेलकुद मैत्री वनाउने क्लवको लक्ष्य रहेको समेत लामाले वताएकाछन् ।

असोज १६ गते देखि २६ गतेसम्म आयोजना हुने सो प्रतियोगिताको लागत करिव ५ लाख लाग्ने अध्यक्ष लामाले जानकारी दिएकाछन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic