बजाज एक्सचेञ्ज महामेला असोज १७ गतेदेखि

  • असोज १६, २०७८
  • ७,६०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोज ः बजाज नेपालले भोलीबाट एक्सचेञ्ज महामेला संचालन गर्ने भएको छ ।

उक्त मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइकसंग नयाँ बजाज बाइक साट्न सकिने मेला आयोजक अर्विन एण्ड ब्रर्दश अटो धरानका सञ्चालक अर्विन तामाङले जानकारी दिएकाछन् ।

बजाजले आउँदो वडा दशै तथा तिहारको अवसर पारेर ‘खुसीको तीन डोज’ योजना समेत ल्याएको छ ।

मनपर्ने बजाज ब्राण्डका मोटरसाइकल किन्दा मात्र होइन किन्नु अघि र किनेपछि पनि नगद उपहार पाउने सुविधा ल्याएको हो ।

उक्त योजना अनुसार किन्नु अघि १० हजार रुपैयाँसम्म, किन्दा खेरी १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद उपहार पाउने बजाजले जनाएको छ ।

ग्राहकले नयाँ बजाज ब्राण्डका मोटरसाइकल योजनाको अवधिमा आधिकारिक आउटलेट बाट मात्र खरीद गर्नु पर्नेछ ।

स्कीम अप्लिकेशनमामा दर्ता गर्दा पहिलो डोज अन्तर्गत १० हजार रुपैयाँसम्म नगद प्राप्त गर्न सकिने छ । जुन मोटरसाइकल खरिद पछि मात्रै भुक्तानी गर्न सकिने बताइएको छ ।

यस्तै मोटरसाइकल खरिद गर्दा दोस्रो डोज अन्तर्गत १ लाख रुपैयाँसम्म थप नगद उपहार प्राप्त गर्न सकिनेछ ।

साथै प्रत्येक मोटरसाइकल खरिद गरेका ग्राहकहरु तेस्रो डोज अन्तर्गत हुने लक्की ड्र मा समावेश हुनेछन । जस अन्तर्गत हरेक महिना १ जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद जित्नु हुनेछ ।

असोज १७ गते देखि २३ गतेसम्म आयोजना हुने महामेला अवधिभर हेल्मेट,लेगार्ड निःश्ल्क प्राप्त हुने भएको छ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,शुन्य प्रतिशत व्याजदरमा फाइनान्स, मेला अवधिभर हेल्मेट,लेगार्ड,वाइक कभर,लगायतको सामानहरु पनि प्रदान गरीने मेलाको विशेषता रहेको तामाङको भनाई रहेको छ ।

महामेला धरान–८ स्थित आफ्नै भवनमा सञ्चालन हुने तामाङको भनाई रहेको छ ।

महामेला अवधिभर विभिन्न १५ मोडलका वाईकहरु करिव २०० वटा विक्रि गर्ने लक्ष्य रहेको अर्विन एण्ड व्रर्दश अटोका सञ्चालक तामाङको दावी रहेको छ ।उनका अनुसार एक्स चेन्ज कार्यक्रम अन्य स्थानमा भएपनि महामेला प्रदेश १ अन्र्तगत धरानमा मात्र भएको उनको भनाई रहेको छ ।

खरिदकर्ताले प्राप्त गर्नु भएको नगद उपहारमा नेपाल सरकारको नियम बमोजिम कर कट्टा गरिने बताइएको छ ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic