सुजुकीको मोटरसाइकल उपहार धरानका पलिखे दम्पत्तिलाई

  • असोज २३, २०७८
  • ४,३४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ असोज ः सुजुकी व्राण्डको स्कुटर खरीद गर्दा लक्की ड्र मार्फत निश्चल पलिखे र श्रीमति पुजा ताम्राकारले मोटरसाइकल उपहार पाएका छन् ।

ताम्राकारले नवदुर्गा अटो प्यालेस धरान ८ असोज ११ गते सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् ।

दशैं आयो, उमंग छायो अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत उनले मोटरसाइकल उपहार पाएका थिए ।

नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइकल उपहार पाउने गरेको नवदुर्गा प्यालेसका सञ्चालक दुर्गा भुजेलले जानकारी दिएकाछन् ।

सोही कार्यक्रम अन्र्तगत शुक्रबार गरिएको लक्की ड्र मा नवदुर्गाबाट स्कुटर खरिद गरेकी ताम्राकारले मोटरसाइकल उपहार पाएकी हुन् ।

लक्की ड्र मार्फत उपहार पाएको मोटरसाइकल शनिबार नवदुर्गा अटो प्यालेसले पलिखे दम्पत्तीलाई अटोप्यालेसमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरे, नवदुर्गाका प्रोपाइटर दुर्गा भुजेल लगायतले चाबी हस्तान्तरण गरेका थिए ।

पलिखे दम्पत्तीले सोच्दै नसोचेको उपहार प्राप्त भएको भन्दै खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

नवदुर्गाका प्रोपाइटर भुजेलका अनुसार २ लाख ६३ हजार ९ सयको स्कुटर खरिद गर्दा पलिखे दम्पत्तिले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाएका छन् ।

सो मोटरसाइकल १५० सिसिको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्ने पनि बताए ।सुुजुकीले यो अफर मुलुकभर सञ्चालन गरेको छ ।

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic