पुलिस स्कुलमा १५ औँ अन्डर ८ फुटबल प्रतियोगिता सुरु

  • मंसिर ११, २०७८
  • ३,८२१ पटक पढिएको
  • छाल खबर
alt

धरान
छाल खवर
धरान,११ मंसिर ः खेलकुद क्षेत्रमा अग्रणी रहेको धरानस्थित नेपाल पुलिस स्कुलमा १५ औँ अन्डर ८ फुटबल प्रतियोगिता सुरु भएको छ ।

कक्षा ९ ले आयोजना गरेको सो प्रतियोगितामा कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत इच्छुक विद्यार्थीहरु प्रतियोगितामा सहभागी भएकाछन् ।

3 final 2

स्कुलका फुटबल प्रशिक्षक सागर कार्कीका अनुसार कक्षा ९ का विद्यार्थीहरुलाई कुनै पनि कार्यक्रम तथा प्रतियोगिता सफलताका साथ आयोजना गर्न सिकाउने उदेश्यले हरेक वर्ष यो प्रतियोगिता आयोजना गरीदै आएको हो ।

प्रतियोगिताबाट स्कुल फुटबल टिमका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने पनि बताए ।

4 final 2

विद्यार्थीहरुलाई विद्यालयस्तर देखि नै कार्यक्रम तथा प्रतियोगिता आयोजना गर्न सिकाउने उदेश्यले हरेकवर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको विद्यालयको भनाई रहेको छ ।

2 final 2

इन्टर हाउस अन्तर्गत आयोजना गरिएको फुटबल खेलमा जम्मा चारवटा टिम हुनेछ । खेल दुई भागमा विभाजन गरिएको छ । आआफ्नो हाउस कलर अनुसार जुनियर तर्फबाट कक्षा चार , पाँच र छ का विद्यार्थीबीच खेल हुनेछ भने सिनियर तर्फबाट कक्षा सात र आठका विद्यार्थीबीच खेल हुनेछ ।

गत वर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन ।पढाईका अतिरिक्त खेलकुद क्षेत्रमा पनि नेपाल पुलिुस स्कुल अव्वल मानिदै आएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic