फोकस १६ क्लबको आयोजनामा वडाध्यक्ष कफ शुरु

  • पुस २, २०७८
  • २,४१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ पुषः दोस्रो वडाध्यक्ष रनिङ् कप फुटबल प्रतियोगिता २०७८ हिजोबाट शुरु भएको छ ।

फोकस १६ क्लवको आयोजना र धरान–१६ नं वडाको सहयोगमा सञ्चालन हुदै आएको सो प्रतियोगिता हिजोबाट शुरु भएको हो ।

फोकस १६ का अध्यक्ष डिल्ली बहादुर भुजेलको सभापतित्वमा भएको सो प्रतियोगितामा १६ नं वडाका वडाध्यक्ष दिलकुमार गिरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुनसरि जिल्ला खेलकुद बिकास समिति अध्यक्ष घनश्याम बुढाथोकि विशिष्ट अतिथि रहेका थिए ।

सो कार्यक्रममा धरान १६ का युवा समाजसेवि हिमाल श्रेष्ठ, हिमाल कार्कि लगायत विभिन्न संघसंस्था तथा समाजसेवि हरूको उपस्थिति रहेको थियो ।

2 1

कार्यक्रममा क्लबका सदस्य लक्ष्मि याक्खाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि दिल कुमार गिरीले खेलकुदको माध्यमबाट खेलाडीको स्वास्थ रहनुका साथै फुटबलको विकास का लागि यसरि पहिलो खुड्किलोबाट नै स्तरिय आयोजना तथा लगानि गरेमा स्तरिय खेलाडी हरू उत्पादन गर्न सकिने धारणा राखेका थिए ।

उद्घाटन खेलमा जोरसखुवा क्लबद्वारा खराने क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । म्यान अफ दि म्याच धरान विजेता टिम जोरसखुवा क्लबका गोलकर्ता सरोज लकान्द्रि घोषित भएका थिए । प्रत्येक खेलको म्यान अफ दि म्याच थुलुङ् हार्डवेर धरान १६ बाट सौजन्य रहेको छ ।

यस अन्तर चोक स्तरिय दोस्रो वडाध्यक्ष रनिङ् कप फुटवल प्रतियोगिता–२०७८ मा जम्मा ११ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेलको सञ्चालन फोकस क्लबका सचिव उमेश जिमि ले गरेका थिए ।

आजको पहिलो खेल सिलनिशल युथ क्लब विरूद्व भ्याट १६ भेट्रानवीच हुने आयोजकले जनाएको छ भने दोस्रो खेल प्रगति युवा क्लब विरूद्व भगवति मार्गबीच हुने छ ।

photo =4 photo =6 pphoto = 7 photo =7 photo 3 photo =5

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic