गायन प्रतिभा खोज्दै लाइभ टिभि

  • पुस १२, २०७८
  • १,८३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ पुष ःआवाज प्रदेश १ को खोजी प्रतिभाको भन्ने मुल उदेश्यका साथ प्रदेश १ स्तरीय गायन प्रतियोगीता हुने भएको छ ।

लाइभ टिभि नेटवर्क प्रा.लि.धरानको आयोजनमा पुष १५ गते देखि प्रदेश १ को १४ जिल्लाको विभिन्ना ठाँउमा अडिसन हुन् लागेको हो ।

सो प्रतियोगिताको अडिसन धरान १ स्थित उद्योग बाणिज्य सघको सभाहलबाट शुरु गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राइले विेशेष कार्यक्रमका साथ गर्ने कार्यक्रम संयोजक खेम दाहालले जानकारी दिएकाछन् ।

आयोजकले दिएको जानकारी अनुसार अडिसन पुस १५ गते धरान,पुस २१ गते इटहरी ,पुस २४ गते इनरुवा,पुस २८ गते बेलबारी मोरङ्ग माघ २ गते,उर्लावारी मोरङ्ग,माघ ६ गते विराटनगर मोरङ्गमा अडिसन आयोजना हुनेछ ।

त्यसैगरी माघ ९ गते दमक झापा, माघ १३ गते विर्तामोड,झापा,माघ १९ गते भद्रपुर,झापा,माघ २५ र २६गते धनकुटा,माघ २९ र फागुन १ गते सखुवासभाको चैनपुर र खादबारीमा हुने तालिका तय भएको छ ।

त्यस्तै फागुन ३ र ४गते तेह्रथुम,फागुन ७र ८ गते खोटाङ,फागुन ११र १२ गते भोजपुर,फागुन १५र १६ गते उदयपुर,फागुन १८र १९ गते ओखलढुंगा, फागुन २२र २३ गते इलाम, फागुन २६र २७ गते पाचथर,फागुन २९ र ३० गते ताप्लेजुङ्ग चैत्र ४र ५ गते सोलुखुम्बुमा अडिसन हुनेछ ।

जिल्लाबाट छनौट भएर आएकाहरुबाट धरानमा फाइनल अडिशन हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले यमाहा बाइक १५० सि.सि.,१ लाख नगद , र १५ लाखको १ वर्षको बिमा पोलिसी हात पार्ने कार्यक्रमका प्रवन्ध निर्देशक गोविन्द विश्वकर्माले जानकारी दिएकाछन् ।

त्यसैगरी उपविजेताले ७५ हजार नगद , ल्यापटप गिफ्ट , १०लाखको १ वर्षको बिमा पोलिसी हात पार्नेछन् । त्यसैगरी तेस्रो हुनेले ५० हजार नगद , मोबाइल गिफ्ट , ५ लाखको १ वर्षको बिमा पोलिसी प्राप्त गर्नेछन् ।

टप १० मा पुग्ने ७ जना प्रतियोगीलाई मोबाइल गिफ्ट प्रदान गरिने जानकारी आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट संगीत क्षेत्रमा लाग्ने संगीतप्रेमीहरुलाई प्रोत्साहन गर्नुको साथै कलाकार उत्पादन गर्न टेवा पु¥याउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको निर्देशक विश्वकर्माको भनाई रहेको छ ।

 

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic