किरातीहरुको नया वर्षको अवसरमा महिला वास्केटवल

  • पुस २३, २०७८
  • ३,२७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ पुष ःकिरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२ (यलेदोङ)को अवसरमा अन्तर प्लस टु लेवल महिला थ्री वाइ थ्री बास्केटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिवार (भोली) धरान १९ स्थित हरियालि बास्केटवल कोर्टमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतितियोगितामा धरानका दश टिमले सहभागिता जनाएकाछन् । सहभागि विद्यालयहरुमा सुनाखरी,डिपोट,विष्णु मेमोरियल ए र वि, धरान आर्दश ए र वि, सिओन,होलिल्याण्ड स्कुल,हिमालयन मेघा ए र वि रहेको आयोजकले जनाएको छ ।

विजेता खेलाडिहरुले ५ हजार रुपैया, उपविजेताले ३ हजार रुपैया, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी विजेताले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

किरातीहरुले माघ १ लाई यलम्वर संवतको रुपमा नयाँ वर्ष मान्दै आइरहेको छ ।

विगतका वर्षमा एकदिनको कार्यक्रम गरेर मनाउदै आइरहेको किराया सुनसरीले यस पटक भने भव्य रुपमा नया वर्ष मनाउन किराति समुदायलाई आह्वान गर्दै सात दिने कार्यक्रम आयोजना गरिरहेको छ ।

सात दिने कार्यक्रम अन्र्तगत पत्रकार सम्मेलन र नेपाल पत्रकार महासंघ, सुनसरी टिम संंग मैत्रिपुर्ण खेल खेलिसकेका छन ।

शनिवार एक दिने वास्केटवल संगै किरातिहरुको घरघरमा यायोक्खाको झण्डा फहराउने, किरात नया वर्षको सुभकामाना सन्देश संगै ८२ वटा वेलुन किरातिहरुको एतिहासिक स्थल विजयपुर डाडावाट उडाउने, किरातीहरुको घरमा दिपावालि गर्ने र पौष ३० गतेको दिन धरानको भानुचौकमा स्टल सहितको भव्य स्टेज निर्माण गरिने छ ।

स्टलमा विभिन्न जातिको परिकार पाइनेछ । ११ वजे देखि साकेला नाच हुने, कार्यक्रममा किरात प्रदेश किन ? भन्ने विषयमा मदन पुरस्कार विजेता साहित्यकार राज मुकारुङद्धारा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

त्यसैगरी साझ नेपालकी चर्चित कलाकार मेलिना राई, हास्य कलाकार विल्सन विक्रम राई तक्मे वुढा र स्थानिय कलाकारहरुको प्रस्तुतिमा रमाउदै किरातिहरुको नया वर्ष यलम्वर संवत ५०८२को स्वागत गर्ने कार्यक्रम रहेको छ ।

किराति संस्कृति पर्वद्धन संगै १ नं. प्रदेश, किरात प्रदेश अभियानलाई जोडेर यायोक्खाले नया वर्ष भव्य रुपमा मनाउन लागेका हुन ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic