चौथो आङवुरा कपको तयारी पुरा

  • पुस २४, २०७८
  • ४,४५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ पुष ः न्यू युवा क्लव धर्मदेवी ७ संखुवासभाको आयोजना हुन लागेको चौथो आङबुरा कप सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता २०७८ को तयारी पुरा भएको आयोजकले जनाएकोछ ।

आयोजकका अनुसार प्रतियोगितामा झापा मोरङ,तेह्ुथुम र संखुवासभाका विभिन्न क्लवहरु समेत गरी १२ टिम सहभागी रहेकोे छन् ।

taiset

पुष २५ गतेदेखि माघ १ गतेसम्म आयोजना हुने सो प्रतियोगितामा आयोजक न्यु युवा क्लव,मिरमिरे युवा क्लव तामाफोक, दाजुभाई स्पोटिङ क्लव,मोरङ, पञ्चकन्या युवा क्लव कुन्ताङ,न्यु सयपत्रि युवा क्लव मुलगाृउ सहभागी रहेकाछन् ।

त्यसैगरी चात्या सा क्लव दमक झापा,लाङघाली युवा क्लव हार्रावोटे,नाइन स्टार क्लव मुडे, रियल लसुने क्लव तेह्थुम धर्मदेवी युवा क्लव हुम्वुङ, न्यु युवा क्लव,हाङथुम क्लव मादी सहभागी रहेकाछन् ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ७५ हजार, उपविजेता टिमले ४० हजार ट्रफि, मेडल प्रदान गरीने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट फरवार्ड,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता र सर्वोकृष्ट खेलाडी गरी ५ विधामा खेलाडीहरुलाई पुरस्कार प्रदान गरीनेछ ।

पहाडी क्षेत्रका युवाहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नको लागि प्रतियोगिताको आयोजना गरीदै आएको प्रतियोगिता संयोजक फडिन्द्र जिमिको भनाई रहेको छ ।

प्रतियोगिता संयोजक जिमिका अनुसार प्रतियोगितामा करिव ७ लाख खर्च लाग्ने अनुमान रहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic