भु–माफियाबाट जग्गा बचाउन सडक आन्दोलन

  • माघ ४, २०७८
  • ४०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ माघः महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न लागेपछि जग्गा बचाउ समिति गठन भएको छ ।

धरानका नागरिक अगुवाहरुले मोहीको छोरालाई अघि सारेर भुमाफियाले जग्गा हडप्न लागेपछि दवाव स्वरुप सडक आन्दोलनको समेत घोषणा गरेकाछन् ।

सोही क्याम्पसका पुर्वप्रमुख तथा पुर्वमेयरसमेत रहेका कुमारबहादुर कार्कीको संयोजकत्वमा जग्गा बचाउ समिति गठन गरिएको हो ।

जग्गा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने कार्कीको भनाई रहेको छ ।

समिति जनप्रतिनिधिहरु सल्लाहकार छन् भने राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजिविहरु सदस्य छन् ।

संयोजक कार्कीले माघ ५ गते सांकेतिकरुपमा धरानमा मौन जुलुस गर्ने जानकारी दिएकाछन् ।

संयोजक कार्कीका अनुसार माघ ५ गते पछि प्रदेशका सभामुख, मुख्यमन्त्री, नगरपालिका र अन्य महत्वपुर्ण निकायहरुमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ ।

धरानबासीलाई हस्तक्षेत्र भएको जग्गाको आम रुपमा जानकारी गराउने र टोल टोलबाट आन्दोलनलाई उत्कर्षमा पु¥याउने दावी गरे ।

क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वास्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरिद गरेको थियो ।उक्त जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे थिए ।

मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बिक्री गरिएको तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले बताउदै आएका छन् ।

मोहीले जग्गाको ५० प्रतिशत जग्गा पाउने कानुनी प्रावधान छ । यो हिसाबले क्याम्पसबाट मोहीले पाउने जग्गाको मुल्य कम्तीमा २० करोडको हुन्छ ।

मोहीले सो जग्गा भोग भने गरेका छैनन् ।त्यहाँ क्याम्पसले घेराबारा गरेर भौतिक संरचनाहरु निर्माण गरेको छ । मोही घिमिरेको २०५६ सालमा नै मृत्यु भएको थियो भने उनकी पत्नी शिवकुमारीको पनि २०६४ सालमा निधन भइसकेको छ ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic