मुख्यमन्त्री कार्यालयका नौ कर्मचारी कोरोना संक्रमित

  • माघ ११, २०७८
  • २,५१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ माघ ः कोरोना संक्रमणबाट प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत प्रभावित वनेको छ ।

कार्यालयका अनुसार नौ जना कर्मचारी तथा सचिवालय सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार नौ जना कर्मचारी तथा सचिवालयका सदस्यहरूलाई कोरोना पोजेटिभ देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा सोमबार गरिएको परीक्षणमा मुख्यमन्त्री राजेन्द्रकुमार राई र मुख्यमन्त्री राईको श्रीमती शोभा पाठकको रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगरको कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवासमा गरिएको ३२ वटा स्वाब सङ्कलनमा ७ जनाको नतिजा भने कोरोना पोजेटिभ आएको छ ।

मुख्यमन्त्रीका एक जना स्वकीय सचिव, दुई जना चालक, एक जना प्रहरी र तीन जना कार्यालय सहयोगीको नतिजा पोजेटिभ आएको हो ।

यसअघि मुख्यमन्त्री सचिवालयतर्फ एक जना निजी सचिव र एक जना अधिकृतमा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या नौ पुगेको छ ।

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic