मुख्यमन्त्री कार्यालयका नौ कर्मचारी कोरोना संक्रमित

  • माघ ११, २०७८
  • २,४७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ माघ ः कोरोना संक्रमणबाट प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत प्रभावित वनेको छ ।

कार्यालयका अनुसार नौ जना कर्मचारी तथा सचिवालय सदस्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार नौ जना कर्मचारी तथा सचिवालयका सदस्यहरूलाई कोरोना पोजेटिभ देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा सोमबार गरिएको परीक्षणमा मुख्यमन्त्री राजेन्द्रकुमार राई र मुख्यमन्त्री राईको श्रीमती शोभा पाठकको रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगरको कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवासमा गरिएको ३२ वटा स्वाब सङ्कलनमा ७ जनाको नतिजा भने कोरोना पोजेटिभ आएको छ ।

मुख्यमन्त्रीका एक जना स्वकीय सचिव, दुई जना चालक, एक जना प्रहरी र तीन जना कार्यालय सहयोगीको नतिजा पोजेटिभ आएको हो ।

यसअघि मुख्यमन्त्री सचिवालयतर्फ एक जना निजी सचिव र एक जना अधिकृतमा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या नौ पुगेको छ ।

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic