व्रदर्स क्लव तरहरा,हराइजन र हाम्रो कलेक्सन विजयी

  • फागुन १२, २०७८
  • १,१८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ फागुन ः धरानमा जारी दोस्रो अशोक बास्फोर स्मृति रनिङ्ग बास्केटबल प्रतियोगिता २०७८ को तेस्रो दिनको ४ खेलमा ब्रदर्स क्लब, तरहरा, हराईजन र हाम्रो कलेक्सनले जित हासिल गरेका छन्।

वुधवार भएको पहिलो खेलमा ब्रदर्स क्लबले आयोजक बेलबारी क्लबलाई ७१ ( २४ स्कोर ले पराजित गर्यो। ब्रदर्स क्लबले प्रत्येक क्वाटर १५(१६(१८(२२ अंक जोड्दा बेलबारी क्लबले २(१४(३(५ अंक मात्र जोड्न सफल भयो।

खेलमा सर्बाधिक स्कोर ब्रदर्स क्लबका सुजन राईले व्यक्तिगत २२ स्कोर गरे।

तरहरा क्लब र बिर्तामोड क्लबको दोस्रो खेलमा झिनो अन्तरले तरहरा बिजयी बन्यो। तरहराले १४(११(८(१८ गरि ५१ अंक जोड्दा बिर्तामोडले १२(८(१४(१६ स्कोर गरि ५० अंक सफल भयो।

खेलमा सर्बाधिक स्कोर बिर्तामोड़ क्लबका जेनिश सिङ्गले २२ स्कोर गरे पनि बिजयी हुनलाई पर्याप्त बनेन।

हराईजन क्लबका सुदिप राईले व्यक्तिगत २३ स्कोर गर्दा हराईजन क्लबले आयोजक डाइनामिक युथ क्लबलाई ६२(४२ अंकले पराजित गर्यो। हराईजन क्लबले प्रत्येक क्वाटर १६(१३(१९(१४ स्कोर गर्दा डाइनामिक युथ क्लबले ९(११(१२(१० अंक जोड्न सफल रह्यो।

आज भएको अन्तिम खेलमा हाम्रो कलेक्सनले यलम्बर क्लबलाई ६१(३०को जित निकालेको छ। हाम्रो कलेक्सनले १६(१८(१२(१५ स्कोर र यलम्बर क्लबले २(११(६(११ स्कोर गर्यो। खेलमा सर्बाधिक स्कोर हाम्रो कलेक्सनका विवेक मणि श्रेष्ठले २१ स्कोर गर्न सफल भए।

चौथो दिनको खेल ब्रदर्स क्लबका विरुद्ध बिर्तामोड क्लब, द मिराकलका विरुद्ध तरहरा बास्केटबल क्लब, हराईजन क्लबका विरुद्ध हाम्रो कलेक्सन र युवा जागृति विरुद्ध यलम्बर क्लब हुनेछ। खेल एक साता भर वी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको खेलमैदानमा संचालन हुनेछ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic