कामना सेवा बैंक डेढ करोड घोटाला प्रकरण किर्ते कागजात रुजु गर्नेलाई उन्मुक्ति, सोझा ६१ बृद्धलाई मुद्दा

  • वैशाख ३, २०७९
  • ९७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ वैशाख किर्ते कागजातका आधारमा करोडौँ ऋण कर्जा वितरण गरेको कामना सेवा विकास बैंकले आफ्ना उच्च तहका कर्मचारीलाई उन्मुक्ति दिएर ६१ वर्षे बृद्धलाई हिरासत पठाएको छ ।

झापामा रहेको बैंकको दमक शाखाबाट प्रवाह भएको एक करोड ५० लाख ऋणको विषय यतिबेला प्रहरी हुँदै सरकारी वकिल मार्फत जिल्ला अदालत झापा सम्म पुगेको छ । तर, प्रहरीले बैंकका उच्च अधिकारीलाई उन्मुक्ति दिएर सोझा बृद्धलाई मुद्दा लगाएको हो ।

मोरङको उर्लाबारी नगरपालिका ५ घर भएका ६१ वर्षिय प्रेम कुमार तामाङका छोरा प्रकाश लामाले दमक झापाको नगरपालिका ५ मा छिरिङ ईन्टर प्राइजेज नामक कम्पनि खोलेका थिए ।

बुलेट बाइकको कारोबार गर्ने उद्देश्यले खोलेको उक्त कम्पनिले थप ‘ग्रोथ’ गर्नका लागि कामना सेवा विकास बैंकबाट ऋण लिने प्रक्रिया शुरु गर्यो । उर्लाबारी ५ मै रहको कित्ता नम्बर ३४ र २९१ मा रहेको घर तथा जग्गा धितो राखेर बैंकबााट ऋण लिने उनीहरुको तयारी थियो ।

सोही तयारीका क्रममा उर्लाबारी नगरपालिकाबाट कागजात प्रमाणित गरेर ल्याउनुपर्ने भयो । घरको नक्सा पास र घर निर्माण सम्पन्नताको प्रमाण पत्र भएपछि मात्रै बैंकले ऋण दिने प्रक्रिया शुरु गर्छ ।

उमेरले बृद्ध भइसकेका प्रेम बहादुर नगरपालिकाको कार्यालय पुगे कार्यालयको कम्पाउन्ड भित्रै उनले तराई मूलका एक जना नागरिकलाई भेटे । ती नागरिकले ‘म कार्यालयकै कर्मचारी हुँ के गर्दिनुपर्ने हो म गरिदिन्छु’ भनेपछि प्रेम बहादुरले नक्सा पास र घर निर्माण सम्पन्न प्रमाण पत्र लिन आएको बताए ।

ती नागरिकले आफूले नै ती काम गर्ने भन्दै प्रेम बहादुरसँग भएको कागजात लिएर भोली ३० हजार रुपैयाँ शुल्क लिएर आउनु काम हन्छ भन्दै पठाए । भोलीपल्ट ती कर्मचारी भित्रै कम्पाउन्डमा बसिरहेका थिए । प्रेम बहादुरले कम्पाउन्ड भित्रै ३० हजार रुपैयाँ दिएर आफ्नो कागजात लिएर घर तिर लागे ।

सोही कागजातको आधारमा कामना सेवा विकास बैंकले उनका छोरालाई व्यापारका लागि एक करोड ५० लाख रुपैयाँ ऋण दियो । तत्कालिन बैंकको प्रदेश १ प्रमुख सुजन छाराहाङ र शाखा प्रमुख सञ्जिव निरौलाको मिलेमतोमा ऋण दिए । २ वर्षसम्म प्रकाशको परिवारले मासिक किस्ता तिर्दै आएको थियो । तर, गत वर्षदेखि मुलुकमा कोरोना भाइरस संक्रमणका कारण लकडाउन भयो ।

लकडाउनकै अवधिमा बैंकलाई नियमित किस्ता बुझाउन नसकेपछि बैंकले धितोमा रहेको घरजग्गा लिलामी गर्ने प्रक्रिया थाल्यो ।

प्रक्रिया थाल्ने पहिलो कदम हो– बैंकसँग भएको कागजात प्रमाणित गर्नु । यही क्रममा बैंकका कर्मचारी मोरङको उर्लाबारी नगरपालिकामा गई घर निर्माण सम्पन्नको प्रमाण र नक्सा पास लगायतको कागजात परिक्षण गर्न पुगे । तर, बैंकसँग भएको कागजात त नगरपालिकामा भेटिएन । त्यसपछि बैंकले थाहा पायो उक्त कागजात त नक्कली पो रहेछ ।

सामान्य लेखपढ मात्रै भएका प्रेमबहादुरले नगरपालिकाको कम्पाउन्ड भित्रै भेटिएका तराई मूलका ती नागरिकलाई नै कर्मचारी ठानेका थिए । तर, त्यही भेटले उनलाई २ वर्षपछि प्रहरी हिरासतमा पुर्याएको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले नक्कली कागजात बनाएको अभियोगमा उनलाई पक्राउ गरि हिरासतमा राखेको छ ।

यता जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनका छोरा प्रकाश लामालाई फरार प्रतिवादी बनाएर बाबुमाथि सरकारी दस्तखत किर्ते मुद्दा लगाएको छ । कामना सेवा विकास बैंकको जाहेरी निवेदनको आधारमा उनलाई लिखत सम्बन्धी कसुरमा मुद्दा लगाइएको हो ।

बैंकले ऋण धितो लिने, दिने सबै प्रक्रियामा समलग्न अधिकारीलाई भने उन्मुक्ति दिएको छ ।

‘बैंकबाट हुने सबै किसिमका ऋण कारोबारमा गल्ती भयो भने त्यसको प्रमुख कार्यकारी अधिकृत सिइओ जिम्मेवार हुनुपर्छ,’ बैंक तथा वित्तिय संस्थाका एक विज्ञ भन्छन्,‘तर यो मुद्दामा बैंकका कुनै पनि कर्मचारीलाई मुद्दा नचलाउनु दुर्भाग्यपूर्ण हो । वैंक तथा वित्तिय संस्थासँग कुनै आवद्धता नभएका व्यक्तिलाई मुद्दा चलाएर अन्यलाई उन्मुक्ति पो दिइएछ ।’

बैंकको प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत हुन् ।

कस–कसले पाए उन्मुक्ति ?

प्रहरीले किर्ते कागजात रुजु गर्ने र ऋण स्विकृत गर्ने सबै अधिकारीलाई उन्मुक्ति दिएको छ । प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत सहित मुख्य कार्यालयका कर्जा अधिकृत, प्रदेश एकका तत्कालिन प्रमुख सुजन छाराहाङ र शाखा प्रमुख सञ्जिव निरौलालाई कुनै मुद्दा लगाएको छैन् । ‘उनीहरुलाई सेटिङमा उन्मुक्ति दिइएको हो । प्रहरीलाई आर्थिक प्रभावमा पारेर मुद्दा चलाइएन,’ स्रोतले भन्यो,‘मुद्दा त सबैलाई लगाउनु पर्ने थियो ।’

दियोपोष्ट बाट

 

 

हिविस्कस वोडिङ स्कुलमा स्वास्थ्य सम्वन्धि सचेतना क

छाल खवर धरान,४ चैतः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा स्वास्थ्य ...

गर्मीमा उपयोगी पुदिना, के के छन् त यसका फाइदा

छाल खवर धरान,३ चैतः पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम ...

महिला पत्रकारको चरित्रहत्या गर्ने रबि चुडाल प्रहरी

छाल खवर धरान,३ चैतः सामाजिक सञ्चालमा समाज भडकाउने र चरीत्र हत्या गर्ने जस्त ...

वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचा

छाल खवर धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदे ...

माउण्ट मोरीयामा खेलकुद सप्ताह सम्पन्न

छाल खवर धरान,२ चैतः माउण्ट मोरिया हाई स्कुल धरान–१७ मा खेलकुद सप्ताह ...

गोर्खा ट्रेलब्लेजर चैत्र १४ गते हुने

छाल खवर धरान,२ चैतः धरानमा आयोजना हुदै आएको गोर्खा ट्रेलव्लेजर रन यस वर्षको ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic