सिटिजन्स वैंक धरान शाखाले वार्षिक उत्सवमा रक्तदान आयोजना गर्ने

  • वैशाख ४, २०७९
  • ६,८४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ वैशाख ः सिटीजन्स वैंक धरान शाखाले वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

वैंकले १५ औं वार्षिक उत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गगत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरीन लागेपनि धरानका भने रक्तदानको आयोजना गरीन लागेको वैंकका शाखा प्रमुख तोर्ण कार्कीले जानकारी दिएकाछन् ।

मानवीय सेवा गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरीन लागेको प्रमुख कार्कीको भनाई रहेको छ । उनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको वताउदै सो पुण्य कार्यमा सहभागी हुन उनले धरानवासीलाई आग्रह गरेकाछन् ।

नेपालको क वर्गको वैंकको रुपमा स्थापित वैंकले धरानमा वैशाख ७ गते रक्तदानको आयोजना गर्न लागेको हो ।

वैंको देशभरमा १सय ७४ शाखा सञ्चालनमा रहेको छ भने १सय २४ स्थानमा एटिएम सेवा सञ्चालनमा रहेको र व्रान्च रहीत सेवा ९३ स्थानमा रहेको वैंकले जनाएको छ ।

देशभरका शाखामा अन्य कार्यक्रमहरु तय गरीएको र धरानमा भने रक्तदान कार्यक्रमको आयोजना गरीन लागेको हो ।

वैंकले कार्यलय अगाडी रक्तदानको आयोजना गरीन लागेको हो । कार्यक्रमबाट ५० पिन्ट भन्दा माथि रगत संकलन हुने अपेक्षा गरीएको शाखा प्रमुख कार्कीको भनाई रहेको छ ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic