महेन्द्र क्याम्पसको व्यापार मेलाको तयारी पुरा नगरप्रमुख साम्पाङद्धारा उद्घाटन हुने

  • जेठ १७, २०७९
  • ४,४७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ जेठ ः महेन्द्र बहुमुखी क्याम्पस धरानमा आयोजना हुन लागेको व्यापार प्रदर्शनी मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार प्राविधिक क्षेत्रका विभिन्न सुरुवाती व्यापारहरु समेत प्रदर्शन तथा प्रवद्र्धन गर्ने लक्ष्यसाथ आयोजना गर्न लागिएको मेलामा ३१ वटा स्टल रहेकाछन् ।

व्यापार मेलामा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैंक तथा वित्तीय संस्था, साना तथा मझौला ब्यापार, स्थानीय ब्यापारी लगायतका ५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको विद्यार्थी युनेश भण्डारीको भनाई रहेको छ ।

मेला साना व्यापारीहरुका लागि राम्रो अवसरको रुपमा रहने आयोजकको दावी रहेको छ ।

नेपाल वैंक लिमिटेडको प्रायोजन रहेको सो मेलामा करिव १० लाखको कारोवार हुने अनुमान रहेको भण्डारीको भनाई रहेको ।

भोली ( जेठ १८) गते बुधबारका दिन एक दिने ब्यापार प्रदर्शन मेला आयोजना गरीन लागेको हो । मेलामा धनकुटा, विराटनगर,दमक, सुकुना, इटहरी लगायका कलेजहरुबाट विद्याथीहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

मेलामा नेपाल वैंक लिमिटेड,ज्योतिलाईफ इन्स्योरेन्स, जुजु धौ.(भक्तपुरको चर्चित दही) सिलाम साक्मा, नेवुला फुड प्रोडक्सन, चोमोलोङमा अचार उद्योग,नेवारी खानाका परिकारका स्टलहरुका साथै निःशुल्क स्वास्थ्य परिक्षणको आयोजना गरीने भएको छ ।

स्थानीय क्षेत्रमा रहेका साना तथा मझौला उद्योगहरुलाई प्रोत्साहन र प्रवद्धनका लागि सो मेलाको आयोजना गरीएको विद्यार्थी सुनिल वस्नेतको भनाई रहेको छ । सो मेला विद्यार्थीहरुको तर्फबाट आयोजना गरीएको यो नै पहिलो भएको आयोजकको दावी रहेको छ ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic