सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित

  • असार २२, २०७९
  • ३,६०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ असार ः सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा विजय श्रेष्ठले भारी मतका साथ जीत हासिल गरेकाछन् ।

श्रेष्ठले १२२५ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६३६ मत पाएका थिए । अध्यक्षका उम्मेद्वार पूर्व अध्यक्ष पवन अग्रवालले भने ३३३ मतमा चित्त वुझाउनु परेको थियो ।

त्यसैगरी बस्तुगततर्फ रामस्वरुप शर्माले ११ मत र नारायण लिम्बुले १० मत प्राप्त गरी विजयी भएका छन् । सोही पदमा अनिल ताम्राकारले ६ र नवीनकुमार तामाङले ९ मत मात्र प्राप्त गरेका थिए ।

यता उद्योग सदस्यतर्फ पीयूषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३२ , महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका लागि चन्द्रप्रसाद बजगाईँले २८४, भोला श्रेष्ठले ४१५ मत प्राप्त गरेका थिए ।

वाणिज्य तर्फको ८ निर्वाचित हुनेमा नवीन राजभण्डारीले ६७५, उपेन्द्र चाम्लिङले ६२२, किसान मास्केले ६६४, जयप्रकाश शर्माले ६६४, मनोजकुमार अग्रवाल तोदीले ६१९, राजेश अग्रवालले ६४४, शैलेशकुमार आचार्य (प्रमोद)ले ६५१ र शशि शाहले ६७१ मत प्राप्त गरेर विजयी भएका छन् ।

यता अमित अग्रहरीले ५९०, काजी गिरीले ४१८, दिनेश राईले ४८१, नवीन लिम्बुले ४४७, विवेक अग्रवालले ६१५, रविकुमार राईले ५१६, राजेश श्रेष्ठले ५७९, विश्वराम कार्कीले २१० र सिताराम आचार्यले ५५९ मत ल्याउन सफल वनेका थिए ।

उता वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठले ८०१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी ममता शाक्यले ४०७ मत प्राप्त गर्न सफल वनेकी गरेकी थिइन् ।

एसोसियट तर्फभने गोपाल श्रेष्ठ,राजु शाह र अशोक जैन यस अघि नै निर्विरोध निर्वाचित भइसकेकाछन् ।
भने उद्योग महिला सदस्यमा स्तुती श्रेष्ठ निर्विरोध निर्वाचित वनेकी थिइन ।

संघमा इतिहास रच्दै विजय श्रेष्ठ

सुनसरी उद्योग वाणिज्य संघको इतिहासमा हालसम्म निर्वाचित वनेका अध्यक्षहरु यतिको फराकिलो मतान्तरमा चुनाव कसैले नजितेको पूर्व अध्यक्षहरुको भनाई रहेको छ ।

यस अघि गिरीधारी सापकोटाले विजय श्रेष्ठलाई ७८ मतान्तरले पराजित गरेका थिए । सो मत नै यस अघिको फराकिलो अन्तर मानिएको थियो । यसपाली भने विजय श्रेष्ठले सो रेकट व्रेक गर्दै ५८९ मतान्तरले विजय हासिल गर्दै इतिहास निर्माण गरेकाछन् ।

२०२० सालमा स्थापना हुदा तदर्थ समितिको संयोजक सुर्यप्रसाद उपाध्याय रहेका थिए भने उनी नगर पंचायतको नगरप्रमुख भएपछि भने संघ छाडेका थिए ।

संघको हालसम्मका अध्यक्षहरु

संघमा लक्ष्मीनिवास मारु,शहरमान श्रेष्ठ, मेघराज शर्मा,सानुकाजी श्रेष्ठ, कृष्णराज मास्के, गणपतलाल अग्रवाल, रमेश कुमार श्रेष्ठ, गोपाल प्रसाद श्रेष्ठ,गौरीशंकर अग्रवाल, रमेश नेपाली, खचान्चीदास अग्रवाल, विजयकुमार डागा अध्यक्ष रहेकाछन् ।

त्यसैगरी खगेन्द्र श्रेष्ठ, पवन कुमार अग्रवाल,अशोक ताम्राकार,मोहनकाजी शाक्य, सरोज श्रेष्ठ, राजेन्द्र साह, गिरीधारी सापकोटा, र भरखरै निर्वाचित विजय श्रेष्ठ रहेकाछन् ।

 

 

 

 

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic