धरानमा भोलीबाट यामाहाको महामेला शुरु हुने

  • असोज ५, २०७९
  • १७,८२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ असोज ः यमाहा मोटर साइकलको धरानमा सात दिने महा एक्सचेन्ज मेला भोलीबाट शुरु हुने भएको छ ।

धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा सात दिने महा एक्सचेन्ज शुरु हुन लागेको हो ।

नेपालीहरुको महान पर्व विजया दशमी दिपावलिको अवसरमामा ग्राहकहरुको रुचि र आवस्यकतालाई ध्यानमा
राखेर यमाहा महा एक्सचेन्ज मेलाको आयोजना गरीन लागेको यमाहाका आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिनुभयो ।

असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने यमाहा महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ ।

आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा ७ हजार बढी दिइनेछ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,३० मिनेटमा नै सकिने गरी इजि फाइनान्सको सुविधा , हरेक वाइक खरीदमा ६ हजार पक्का उपहार, हरेक दिन खरीदकर्ताहरु मध्येबाट ३ जनालाई गोलाप्रथाद्धारा स्मार्ट टिभी प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाको भनाई रहेको छ ।

यमाहा महामेलामा यमाहाका पारखीका लागि एक अवसर भएकोले यो मौकावाट फाइदा लिनहुन पनि खतिवडाले आग्रह गरेकाछन् ।

उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन सञ्चालक खतिवडाले आग्रह आग्रह गरेका छन् । उनका अनुसार पुराना वाइकहरुलाई प्रचलित वजार मुल्याङ्कन भन्दा ७ हजार वढी दिइने जानकारी समेत गराएकाछन् ।
यस मेलामा जुनसुकै कम्पनीका मोटरसाईकल र स्कटीहरु समेत एक्सचेन्ज गरीने सुविधा रहेको छ ।

मेलामा प्रवेश गर्नेहरु ग्राहकहरु मध्येबाट एकजना भाग्यशाली ग्राहकलाई आर्कषक पुरस्कार रहेको छ ।

गत वर्ष  धरानमा मेला अवधिभरि १ सय ५० भन्दा वढी बाइक तथा स्कुटर विक्री भएको र यसवर्ष पनि सोही अनुसार अपेक्षा गरीएको  खतिवडाको भनाई रहेको छ ।
यमाहाले हरेक वर्ष ग्राहकको सुविधालाई ध्यानमा राखी महामेलाको आयोजना गर्दै आएको छ ।

 

 

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic