धरानमा यामाहाको महामेला शुरु पहिलो दिनमा १३ वटा गाडी विक्रि

  • असोज ६, २०७९
  • १०,४६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असोज ः यमाहा मोटर साइकलको धरानमा सात दिने महा एक्सचेन्ज मेलाको पहिलो दिन १३ वटा गाडी विक्री भएको छ ।

धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा विहिवारबाट शुरु भएको सात दिने महा एक्सचेन्ज मेलाको पहिलो दिन सो संख्यामा गाडी विक्रि भएको हो ।

IMG-20220922-WA0002

पहिलो दिनमा मेलाबाट १३ वटा गाडी विक्री भएको यमाहा कम्पनीका आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।मेला असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ ।

आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा ७ हजार बढी दिइनेछ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,३० मिनेटमा नै सकिने गरी इजि फाइनान्सको सुविधा , हरेक वाइक खरीदमा ६ हजार पक्का उपहार, हरेक दिन खरीदकर्ताहरु मध्येबाट ३ जनालाई गोलाप्रथाद्धारा स्मार्ट टिभी प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाको भनाई रहेको छ ।

यमाहा महामेलामा यमाहाका पारखीका लागि एक अवसर भएकोले यो मौकावाट फाइदा लिनहुन पनि खतिवडाले आग्रह गरेकाछन् ।

उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन सञ्चालक खतिवडाले आग्रह आग्रह गरेका छन् । उनका अनुसार पुराना वाइकहरुलाई प्रचलित वजार मुल्याङ्कन भन्दा ७ हजार वढी दिइने जानकारी समेत गराएकाछन् ।

यस मेलामा जुनसुकै कम्पनीका मोटरसाईकल र स्कटीहरु समेत एक्सचेन्ज गरीने सुविधा रहेको छ ।मेलामा प्रवेश गर्नेहरु ग्राहकहरु मध्येबाट एकजना भाग्यशाली ग्राहकलाई आर्कषक पुरस्कार रहेको छ ।

गत वर्ष धरानमा मेला अवधिभरि १ सय ५० भन्दा वढी बाइक तथा स्कुटर विक्री भएको र यसवर्ष पनि सोही अनुसार अपेक्षा गरीएको खतिवडाको भनाई रहेको छ ।

यमाहाले हरेक वर्ष ग्राहकको सुविधालाई ध्यानमा राखी महामेलाको आयोजना गर्दै आएको छ ।

गाडी खरीदमा भिमु गुरुङलाई टिभि उपहार

यमाहाले सञ्चालन गरेको एक्सचेन्ज महामेलामा गाडी खरीद कर्ता मध्येकी एक ग्राहकलाई ५० इन्चको स्मार्ट टिभि उपहार प्राप्त भएको छ ।

मेलाका अवसरमा गाडी खरीद गरेकी धरान– १५ की भिमु गुरुङलाई ५० इन्चको टिभि उपमहार परेको खतिवडाले जानकारी दिएकाछन् ।

मेलामा हरेक दिन गाडी खरीदकर्ताहरु मध्ये ३ जनालाई गोलाप्रथाद्धारा ५० इन्चको टिभि उपहारको व्यवस्था गरीएको छ ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic