धरानमा जारी यामाहाको महामेलाको दोस्रो दिन ११ वटा गाडी विक्रि

  • असोज ७, २०७९
  • १,५२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असोज ः धरानमा बुधवारबाट शुरु भएको यमाहा मोटर साइकलको सात दिने महा एक्सचेन्ज मेलाको दोस्रो दिन ११ वटा गाडी विक्री भएको मेला सससञ्चालकले जानकारी दिएकाछन् ।

धरानको छाताचोक स्थित जिएस मार्केट अगाडी खाली चौरमा विहिवारबाट शुरु भएको सात दिने महा एक्सचेन्ज मेलाको दोस्रो दिन सो संख्यामा गाडी विक्रि भएको हो ।

photo second yamaha

दोस्रो दिनमा मेलाबाट ११ वटा गाडी विक्री भएको यमाहा कम्पनीका आधिकारीक विक्रेता विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।मेला असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।

महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज,फाइनान्स सुविधासमेत ग्राहकहरुलाई उपलब्ध गराइएको छ ।

आधिकारिक विक्रेता खतिवडाका अनुसार पुराना बाइकहरुको मूल्याकन प्रचलित बजार मुल्य भन्दा ७ हजार बढी दिइनेछ ।

कुनैपनि व्राण्डको पुरानो वाइक एक्सचेन्ज,३० मिनेटमा नै सकिने गरी इजि फाइनान्सको सुविधा , हरेक वाइक खरीदमा ६ हजार पक्का उपहार, हरेक दिन खरीदकर्ताहरु मध्येबाट ३ जनालाई गोलाप्रथाद्धारा स्मार्ट टिभी प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाको भनाई रहेको छ ।

यमाहा महामेलामा यमाहाका पारखीका लागि एक अवसर भएकोले यो मौकावाट फाइदा लिनहुन पनि खतिवडाले आग्रह गरेकाछन् ।

उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउन सञ्चालक खतिवडाले आग्रह आग्रह गरेका छन् ।

उनका अनुसार पुराना वाइकहरुलाई प्रचलित वजार मुल्याङ्कन भन्दा ७ हजार वढी दिइने जानकारी समेत गराएकाछन् ।

यस मेलामा जुनसुकै कम्पनीका मोटरसाईकल र स्कटीहरु समेत एक्सचेन्ज गरीने सुविधा रहेको छ ।मेलामा प्रवेश गर्नेहरु ग्राहकहरु मध्येबाट एकजना भाग्यशाली ग्राहकलाई आर्कषक पुरस्कार रहेको छ ।

गत वर्ष धरानमा मेला अवधिभरि १ सय ५० भन्दा वढी बाइक तथा स्कुटर विक्री भएको र यस वर्ष पनि सोही अनुसार अपेक्षा गरीएको खतिवडाको भनाई रहेको छ ।

बजारमा आर्थिक मन्दीका वावजुद पनि यतिका संख्यामा गाडी विक्री हुनु सन्तोष जनक नै रहेको समेत वताएकाछन् । भोलीबाट विक्रिमा वृद्धि हुने उनको अपेक्षा रहेको छ ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic